Comments Add Comment

भत्किएका मनहरु यसरी जोडिए अमेरिकाबासी एशियालीहरुको मनमा

Natak-America

अशेष मल्लद्धारा लिखित र हरिबहादुर थापाद्धारा निर्देशित नाटक जोडियोस् भत्किएका मनहरुलाई अमेरिकास्थित दक्षिण एशियाली दर्शकहरुले धेरै मन पराए ।

अगस्ट २७ र २८ गरी दुई दिनसम्म चलेको ११ औं दक्षिण एशियाली थियटर फेस्टिभलमा नेपाली नाटकले मञ्चन गर्ने अवसर पाएको हो ।

अगस्ट २८ तारिखका दिन अमेरिकाको न्युजर्सी राज्यमा अवस्थित जर्ज स्ट्रिट प्लेहाउसमा उक्त नाटकको एक दृश्य मञ्चन गरिएको थियो ।

एक बुढीआमा र पत्रकारको १० मिनेट लामो दृश्यलाई त्यस दिन मञ्चन गरिएको थियो ।

नाटक हेर्न आएकी एक बंगालदेशी दर्शक रितुपर्नाेदास दत्तले नाटकको मृक्त कण्ठले प्रशंसा गरिन् । ‘मैले नेपाली नाटकको बारे धेरै राम्रो कुरा सुनेकी थिए । आज आफ्नै आंखाले त्यो देख्न पाए । भुकम्पको पीडा निकै नै राम्ररी प्रस्तुत गर्नुभएको रहेछ,’ दत्तले भनिन् ।

यता भूकम्प र सशस्त्र द्वन्दमा परि सबै आफन्त गुमाएकी पात्रको भुमिका गरेकी नदिया लिवाङले यसरी ३०० भन्दा बढी गैरनेपाली माझ नाटक देखाउनु पाउँदा एकदमै खुशी लागेको बताइन् ।

‘नाटक भनेको इमोशन्स हो र यहि इमोशन्सलाई गैरनेपाली दर्शकले मनपराए,’ नदियाले भनिन् ।

त्यस्तै दृश्यकै अर्की पात्र दीपिका श्रेष्ठ र कृश थापाले भाषा नबुझेपनि दर्शकले यसरी नाटकको सराहना गरेकोमा गर्व लागेको बताए । ‘हामीलाई थाहा थिएन कि दर्शकले यसरी हाम्रो प्रस्तुती मन पराउनुहोला भनेर,’ दीपिकाले भनिन् ।

यसअघि उक्त नाटक म्यानहृयाटनको ७७७ थियटरमा गत डिसेम्बर र फेबु्रअरीमा गरी ३ पटक मञ्चन भएको थियो ।

नाटकमा नदिया लिवाङ्ग, संगीता उप्रेती, सहदेव पौडेल, यादव गौतम, ज्योतिकुमार श्रेष्ठ, दिपिका श्रेष्ठ, अनुज थापा, विकास बिष्ट, कृष थापा, क्रिस्टल थापा, दिलाष्मा रजक र निर्देशक हरि बहादुर थापाले सुत्रधारको भूमिकामा अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment