Comments Add Comment

१६ वर्षे युवकले पत्ता लगाए स्तन क्यान्सरको उपचार !

बेलायतस्थित इप्सम, सुरे निवासी भारतीय मूलका एक १६ वर्षे युवकले सबैभन्दा डरलाग्दो स्तन क्यान्सरको उपचार पत्ता लगाएको दावी गरेका छन् । कृतिन नित्यानन्दम नाम गरेका युवाले ट्रिपल नेगेटिभ स्तन क्यान्सरले औषधीप्रति प्रतिक्रिया जनाउने उपाय फेला पारेको बताएका छन् ।

breast-cancerअल्जाइमर रोगको अग्रिम अवस्था पहिचान गरी सन् २०१५ मा गुगल साइन्स फेयर समेत जितेका उनले अहिले आफ्नो स्कुलको प्रयोगशालामा त्यही सम्बन्धित काम गर्दै आइरहेका छन् । उनले अल्जाइमर रोग लाग्नु झण्डै दश वर्ष पहिले नै यसको लक्षण पत्ता लगाउन सकिने पद्धतिको विकास गरेका थिए ।

‘धेरैजसो क्यान्सरमा ट्यामोक्सिफेन जस्ता औषधीप्रति प्रतिकि्रया जनाउँछन्, तर टि्रपल नेगेटिभ क्यान्सरले कुनै पनि औषधिमा प्रतिकि्रया जनाउन सक्दैन’, द टेलिग्राफमा बोल्दै कृतिनले भने, ‘परिणाम स्वरुप यस्ता क्यान्सरको उपचार अपरेशन, केमोथेरापी तथा रेडियसनकोको समिश्रणद्धारा गरिदै आएको छ, जसले बाच्ने सम्भावनालाई न्युन गराउँछ ।’

‘महिलाहरुका लागि पूर्वानुमान गर्न नसकिने क्यान्सर स्वास्थ्यको दृष्टिकोणले समेत राम्रो नभएकाले हाम्रो लक्ष्य भनेको त्यस्ता क्यान्सरलाई उपचार गर्न सकिने अवस्थामा ल्याउनु हो ।’

उनले अघि भने, ‘आईडी ४ नामक प्रोटिनले क्यान्सरको फरक पत्ता लगाउनबाट रोक्ने भएकोले क्यान्सरको फरक छुट्याउनका लागि पहिले त्यसैको उत्पादनलाई व्लक गर्नु जरुरी छ’ । उनले अहिलेसम्म यस्ता क्यान्सरको हकमा स्वस्थ्य कोषिका र क्यान्सरयुक्त कोषिकाबीच भिन्नता गराउन नसक्दा यो समस्याले विकराल रुप लिएको बताएका छन् ।

‘मैले आइडी ४ लाई चुप लगाउने पीटिएन् नामक जीनको पत्ता लगाइसकेको छु जसले क्यान्सरलाई कम खतनाक अवस्थामा ल्याउन मद्दत गर्छ’, कृतिनले भने ।

वैज्ञानिकको समूहले आफ्नो कामलाई अगाडी बढाउन मद्दत गर्नेमा कृतिन आशावादी छन् ।

एक तथ्यांक अनुसार विश्वमा प्रत्यक वर्ष ७५ हजार भन्दा बढी महिलामा टि्रपल नेगेटिभ स्तन क्यान्सर भएको पाइन्छ, जसले अहिलेका प्रभावकारी मानिएका औषधिमा समेत कुनै प्रतिकि्रया जनाउँदैन ।

यस्ता क्यान्सर विशेषगरी इस्टोजेन, प्रोजेस्टेरोन तथा रसायनमा भएको वृद्धिका कारण हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment