Comments Add Comment

गीतकार उप्रेतीको नयाँ गजल सार्वजनिक

nirpesh111पहिलो पटक गायक शिव परिवार र प्रमोद खरेललाई एक साथ गजल गाउन लगाएर चर्चामा आएका गीतकार नृपेश उप्रेतीको नयाँ गजल ‘मन मुटु नदुख्ने के छ औषधी ?’ सार्वजनिक भएको छ ।

नबोदित गायक विशाल घिमिरेको आवाज रहेको  यो गजलमा जोनी योञ्जनले संगीत भरेका छन् । यसअघि ‘जति धेरै’ बोलको गीत सार्वजनिक गरेका घिमिरेलाई संभावना बोकेका गायकको रुपमा हरिएको छ ।

पुर्व झापालाई कर्मभुमी बनाएर संगीतमा होमिएका गायक घिमिरे पुर्वाञ्चलमा निकै चर्चित पनि छन ।  उनले झापामै संगीतकार कृष्ण योञ्जनबाट संगीतको प्रशिक्षण लिएका हुन र उनी हरेक बिधाका गीत गाउन पोख्त मानिन्छन् ।

गीतकार उप्रेतीका यस अघिका सबै गीत गजलहरु चर्चित तथा स्थापित गायक गायिकाहरुले गाएका छन । बिगत लामो समय देखि बेलायतमा बसोबास गर्दै आएको गीतकार उप्रेती कुनै समय नेपालमा सक्रिय पत्रकारिता गर्दथे । उनको गत साल  नौ वटा गीत गजलहरुको संग्रह आहान अर्को खुशी सार्वजनिक गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment