Comments Add Comment

बालबालिकाको सहयोगार्थ युएईमा तीज कार्यक्रम

uae_teejयुएई । ’’झापाली समाज युएईको नयाँ सोच असाहय बालबालिकाहरुका लागि १० लाखको अक्षय कोष’’ भन्ने मुल उदेश्यका साथ गत सेप्टेम्बर- २ शुक्रबार  हरितालिका तीज विशेष भव्य साङ्गितिक कार्यक्रम सम्पन्न भएको छ ।

झापाली समाज युएईको आयोजनामा काल्ट्रोन टावर देहरा दुवईको सभाहलमा कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली समाज युएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटाको प्रमुख अतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा नेपाली दूतावस युएईकी प्रतिनिधी हिरा यादव, नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष त्रिलोचन कोइराला, समाजसेवी सालीक सुवेदी लगायतको उपस्थिती रहेको थियो भने युएईमा कृयासिल विभिन्न संघ-संस्थाका प्रतिनिधिहरु अतिथिका रुपमा उपस्थित भएका थिए ।

कार्यक्रममा झापाली समाज युएईका उपाध्यक्ष राजेन्द्र दाहाल तथा नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष त्रिलोचन कोइरालाले शुभकामना मन्तव्य राखेका थिए ।

अतिथी चन्द्र प्र. सापकोटाले युएईको कानुनलाई मध्यनजर गरेर सबैजना सचेत हुनुपर्ने धारणा राख्दै एउटा झापाली समाजले पार्कमा र अर्कोले काल्ट्रोन टावरमा विभक्त भएर कार्यक्रम गर्नु दु:खद भएकोले छलफल र सम्वादद्वारा एक हुन आग्रह गरे ।

युएको विभिन्न स्थानहरुबाट आएका झापालीहरु तथा नेपालीहरुले खचाखच भरिएको सभाहलमा अतिथी कलकारहरु कविता शिवाकोटी, ताराविर पाण्डे, टंक बुढाथोकी र प्रकाश पौडेलले प्रस्तुत गर्नुभएको गायनबाट उपस्थित नेपालीहरुले भरमग्दुर मनोरन्जन लिदै कम्मर भाँचीभाँची नाचेका थिए भने स्थानिय कलाकरहरुले प्रस्तुत गरेका नृत्यहरु, गायन तथा अन्य प्रस्तुतीले कार्यक्रमको साङ्गितिक माहोल झनै तताएको थियो ।

कार्यक्रमबाट संकलित रकमको अक्षय कोष खडा गरेर त्यसबाट प्राप्त हुने ब्याज झापाका असाहय बालबालिकाहरुका निमित्त खर्च गरिने झापाली समाज युएइले जनाएको छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment