+
+

ठेकेदारले समयमा काम नगर्दा सडक अलपत्र

रासस रासस
२०७३ भदौ २० गते १०:५०

Digging a road for Melamchi pipeline (22)
२० भदौ, फलेवास (पर्वत)। पन्ध्र महिनामा काम सक्ने गरी २०७१ साल फागुनमा सुरु गरिएको तीन किलोमिटर सडकको कालोपत्र गर्ने काम हालसम्म पनि पूरा नहुँदा पर्वतका ३४ गाविसका यात्रुले सास्ती भोग्नु परेको छ ।

पन्ध्र महिनामा काम सक्ने गरी नियमित सञ्चालनमा रहेको पुरानो सडक भत्काएर नयाँ काम सुरु गरे पनि समयमा स्तरोन्नतिको काम नहुँदा यात्रुलाई सास्ती भएको हो । निर्माण कम्पनीले सडक बिगारेपछि समयमा मर्मत नगराउँदा सवारी चालक तथा यात्रुलाई एक किलोमिटर सडक पार गर्न एक घन्टा लाग्ने गरेको छ ।

जिल्लाको दोबिल्ला–फलेवास सडक निर्माणका लागि आर्थिक वर्ष २०७१÷७२ मा जयबाबा गोरख, ओखलढुङ्गा जेभीले ठेक्का लिएर काम सुरु गरेकामा एक किलोमिटर कालोपत्र गरेको छ भने फेवा आशिष नयाँबाटो जेभी निर्माण कम्पनीले जिम्मा लिएको काम अलपत्र अवस्थामा छाड्दा समस्या भएको हो ।

दुवै निर्माण कम्पनीलाई १५ महिनामा काम सम्पन्न गर्ने गरी जिम्मा दिइएको सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर अनन्त बरालले जानकारी दिए। तीन किलोमिटर सडक झन्डै डेढ करोड रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का दिइएको हो ।

त्यस्तै थप सात किलोमिटरका लागि करिब रु १६ करोडमा ठेक्का सम्झौता भएको बरालको भनाइ छ । जिल्लाको सबैभन्दा पहिले ट्र्याक ओपन गरिएको उक्त सडक ग्रामीण सडकमध्ये पहिलोपटक कालोपत्र हुन लागेको भए पनि समयमा काम नहुँदा यात्रुलाई हुनसम्म सास्ती भएको छ । सडक सबै बिगारेर छाड्यो सवारी चालक रामबहादुर नेपालीले भने।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?