Comments Add Comment

१५ बर्षको उमेरमा रेखालाई कसले गर्‍यो ५ मिनेटसम्म चुम्बन ?

rekha
लेखक यास्मिर उस्मानले बलिउडकी सदाबहार नायिका रेखामाथी पुस्तक लेखेका छन् । पुस्तकको नाम ‘रेखा : एन अनटोल्ड स्टेरी’ राखिएको छ । यस पुस्तकमा रेखाको बलिउड करिअर र निजी जिन्दगीसँग जोडिएका केही प्रसंग उल्लेख भएको छ ।

पुस्तकमा उनले केही पीडादायी घटनाको वारेमा समेत खुलेर कुरा गरेकी छिन् । १५ वर्षको उमेरमा घटेको एउटा घटनावारे रेखाले मुख खोलेकी छिन् । चलचित्र ‘अनजाना सफर’ को सुटिङ हुदै थियो । रेखाले अप्रत्याशित पीडाडाको सामना छायांकनका क्रममा गर्नुपरेको थियो । जतिबेला उनी १५ बर्षकी मात्र थिइन् ।

एउटा रोमान्टिक गीतको सुटिङका लागि रेखा सेटमा पुगिन् । निर्देशकले एक्सन भन्ने बित्तिकै नायक बिश्वजीतले उनको ओठमा चुम्बन गरे । १ मिनेट, दुई मिनेट हुँदै चार मिनेट बित्यो । विश्वजीतले रेखालाई छाडेनन् । पाँच मिनेटसम्म चल्यो चुम्बन । निर्देशकले कट् भन्दा अन्य प्राविधिकले सिठ्ठी बजाएर हुटिङ गरे ।

पाँच मिनेटपछि रेखाले आँखा खोलिन् । उनको आँखाभरि आँशु थियो । अन्य प्राविधिक उनको अनुहार हेर्न आतुर भए जस्ता देखिन्थे । रेखाले जुन दृष्यको सुटिङ गरेकी थिइन्, उनलाई उक्त दृष्यवारे थोरै पनि जानकारी थिएन । यही दृष्यको वारेमा कुरा उठाउने सोच बनाएकी थिइन् । निर्देशक लगायत अन्यले अरु केही अभियोग लगाउने हुन् कि भनेर छोडिदिईन् ।

विनोद मेहरासँगको विवाहको किस्सा उस्तै रोचक छ । पुस्तकमा उल्लेख भए अनुसार जब रेखा र विनोदले कोलकत्तामा विवाह गरेर मुम्बई फर्के तब, सासु आमाले चप्पलले उनलाई स्वागत गरिन् ।

विनोदकी आमा कमला यो विवाहप्रति पटक्कै खुसी थिइनन् । सासु आमालाई ढोग गर्न ढल्केको वेला कमलाले रेखालाई धकेलिदिएकी थिइन् भने एकछिन पछि चप्पल ताकिन् ।

यावत समस्या झेल्दा झेल्दै पनि उनी कहिल्यै आत्तिइनन् । बलिउडकी अलटाइम फेभरेट भनिने रेखाका फ्यानहरु आज पनि उत्तिकै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment