Comments Add Comment

सानिमा क्यापिटलको कारोबार सुरु

२० भदौ, काठमाडौं । एघार करोड रुपैयाँ चुक्ता पुँजी राखेर सानिमा बैंकको पूर्णस्वामित्वमा स्थापित सानिमा क्यापिटलले कारोबार सुरु गरेको छ ।

sanima-capitalनेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त भएसँगै कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति, सेयर रजिस्टार, लगानी व्यवस्थापन र धितोपत्र निक्षेप सदस्यको सेवा सुरु गरेको हो ।

कम्पनीले नियमनकारी निकायको स्वीकृति लिई छिट्टै सामूहिक लगानी कोष (
म्युचुअल फन्ड) को योजना व्यवस्थापक तथा कोषको निक्षेप सदस्यको रूपमा काम गर्ने जनाएको छ ।

कम्पनीको अध्यक्षमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल छन् । यसैगरी सञ्चालकमा तेजबहादुर चन्द, निश्चलराज पाण्डे, सरोज गुरागाईं र श्रीप्रसाद पौडेल छन् । मनीषनारायण जोशी प्रमुख कार्यकारी अधिकृत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment