Comments Add Comment

परराष्ट्रमन्त्रीलाई देउवाको फोनबाटै निर्देशनः गौरीफन्टालाई एजेण्डामा राख्नु

Sher-Bahadur-Deuba

२० भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कैलालीको धनगढीसँग जोडिएको गौरीफन्टा नाकाको स्तरोन्नतिलाई प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डामा राख्न परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलाई निर्देशन दिएका छन् ।

सोमबार सुदूरपश्चिमका उद्योगी व्यवसायी र राजनीतिक दलका नेताले बुढानिलकण्ठ पुगेर देउवालाई ज्ञापनपत्र बुझाएका थिए । उनीहरुले गौरीफन्टा नाका सुदूरपश्चिमको विकाससँग जोडिएको भन्दै नाकाको अवस्था सुधारका लागि पहल गरिदिन आग्रह गरे ।

लगतै देउवाले व्यवसायी तथा नेताहरुकै सामुन्नेमा पार्टी नेता समेत रहेका परराष्ट्रमन्त्री महतलाई फोन लगाए । र, भने, यो हाम्रो धनगढी छ नि धनगढी । गौरीफन्टा नाकालाई स्तरउन्नती गर्न एजेण्डामै राख्नुपर्‍यो ।’

उताबाट परराष्ट्रमन्त्री महतले के भने सुनिएन । तर, देउवाले भने, आरक्षणले के हुन्छ र । एजेण्डामै राख्नुस् ।’

एक सातादेखि काठमाडौंमा रहेका सुदूरपश्चिमका उद्योगी व्यवसायी र नेताहरुले गौरीफन्टा नाकालाई अन्तर्राष्ट्रियस्तरको बनाइनुपर्ने माग गर्दै मन्त्री, भारतीय राजदूतदेखि प्रधानमन्त्री प्रचण्डलाईर् समेत भेटिसकेका छन् ।

हेर्नुस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment