Comments Add Comment

जितका साथ वेल्सले थाल्यो विश्वकप छनौट यात्रा

Gareth Bale

२१ भदौ, काठमाडौं । वेल्सले मोल्डोभामाथि शहज जित हात पार्दै २०१८ विश्वकपको छनौट यात्रा थालेको छ ।

सोमबार राति भएको खेलमा वेल्सले मोल्डोभामाथि ४-० को जित निकालेको छ । युरोकपमा सेमिफाइनलसम्म पुगेको वेल्सले दुबै हाफमा दुई दुई गोल गरेको थियो ।

३८ औं मिनेटमा भोक्सको गोलबाट अग्रता लिएको उसका लागि ४४ औं मिनेटमा एलेनले गोल गरे ।

दोस्रो हाफको दुबै गोल भने ग्यारेथ बलको नाममा रहृयो । ५० औं मिनेटमा गोल गरेका बेलले खेलको अन्तिम मिनेटमा पेनाल्टी पनि चुकाएनन् ।

र, वेल्स ४-० ले विजयी भएको छ । वेल्सको तुलनामा मोल्डोभा कमजोर टिम नै हो । उसले खेलेका पछिल्लो २० मध्ये १४ खेलमा हार नै व्यहोरेको छ ।

तर, युरोकपको छनौट चरणामा इजरायल र एन्डोराविरुद्धको खेलमा उसले निकै राम्रा डिफेन्स प्रस्तुत गरको थियो । वेल्सका सामू उसको केही लागेन ।

कार्डिफ सिटी रंगशालामा ३१ हजार ७३१ दर्शकमाझ भएको खेलमा ग्यारेथ बेल म्यान अफ दि म्याच बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment