Comments Add Comment

गाली गरेको भन्दै ओबामाले फिलिपिन्सका राष्ट्रपतिलाई भेट्न मानेनन्

Barak-Obama२१ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति बाराक ओबामाले फिलिपिन्सका राष्ट्रपति रोड्रोगो डुटेेर्तेलाई भेट्न अस्वीकार गरेका छन् ।

ओबामा र डुटेेर्तेबीच लाओसमा हुन लागेको आसियान शिखर सम्मेलनमा भेट्ने कार्यक्रम थियो । तर, सम्मेलनमा जानु अघि एक प्रश्नको जवाफ दिने क्रममा डुटेेर्तेले ओबामामाथि भद्दा गाली गरेका थिए ।

हृवाइट हाउसका अधिकारीहरुका अनुसार अब ओबामाले दक्षिण कोरियाका राष्ट्रपति पार्क ग्वेन हीसँग मात्र भेट गर्नेछन् ।

डुटेेर्तेले ओबामालाई गालीगलौज गर्दै भनेका थिए कि लाओसमा भेट्दा मानवअधिकारको प्रवचन नदिओस् । सम्मेलनमा जानु अघिको पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नको जवाफ दिँदै उनले भनेका थिए, तपाईले सम्मान गर्नुपर्छ । मात्र प्रश्न गर्ने र बयान लिएर काम चल्दैन । यदि łवेश्यापुत्र’ सँग यस्तो गरियो भने जवाफ दिन्छु । ’

फिलिपिन्स एक सम्प्रभु देश भएको भन्दै उनले यसको मालिक केवल फिलिपिन्सको जनता मात्र भएको बताए ।

डुटेेर्ते राष्ट्रपति भएपछि लागू औषध तस्करविरुद्ध कडा रवैया अपनाइएको छ । उनी विवादमा पनि छन् । उनले ३० जुनमा कार्यभार सम्हालेदेखि अहिलेसम्म २ हजार ४ सय भन्दा बढी मारिएका छन् ।

राष्ट्रपति डुटेेर्तेको दाबी छ कि ६ महिनामा एक लाख लागू औषध तस्करलाई समाप्त गरिनेछ ।  र, अमेरिकी राजनीतिमा फिलिपिन्समा लागू औषध तस्करविरुद्धको अभियानलाई लिएर मानवअधिकारसँग जोडिएको चिन्ताहरु व्यक्त भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment