Comments Add Comment

सेल्टिकबिरुद्धको खेलसम्ममा मेस्सी मैदान फर्कने

Messi

यो निश्चित छ कि स्पेनिस च्याम्पियन बार्सिलोनाका लागि अघिल्ला दुई खेल निक्कै महत्वपूर्ण हुनेछ । उसका स्टार लियोनल मेस्सी यसै बेला चोटग्रस्त बनेका छन् । तर अर्को साता हुने अलाभेसबिरुद्धको खेल गुमाएपनि मेस्सी च्याम्पियन्स लिगमा सेल्टिकबिरुद्धको खेलमा मैदानमा फर्कने भएका छन् ।

यी अर्जेन्टिनी सुपरस्टारले अझै केहि सेसन अभ्यासमा उपस्थित हुन सक्दैनन्, यद्यपी जीम र फिजियोथेरापीका कारण उनले दिनदिनै राहत महशुस गरिरहेका छन् ।

यदि मेस्सी शुक्रबार बिहानसम्म अभ्यासत्रमा उपस्थित हुन सके भने उनले शनिबार हुने लालिगा अन्तर्गतको खेल पनि खेल्न सक्नेछन्, तर बार्साका लागि उनको उपस्थिति त्यसको तीन दिनपछि हुने सेल्टिकबिरुद्धको खेलका लागि महत्वपूर्ण छ ।

शनिबार अलाभसबिरुद्धको खेलमा उनको उपस्थिति आश्चर्यजनक हुनेछैन । फिटनेसका लागि केहि समय मैदानमा पठाउने अपेक्षा पनि गर्न सकिन्छ ।

प्रशिक्षक लुइस इनरिकेलाई राम्रोसँग थाहा छ कि च्याम्पियन्स लिगको नयाँ सिजनमा सेल्टिकसँगको पहिलो खेल बार्साका लागि निक्कै महत्वपूर्ण छ । त्यसैले पनि मेस्सी पूर्ण फिट हुन भनेर इनरिकेले कामना गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment