Comments Add Comment

ठाकुर हत्याका अभियुुक्त ३५ वर्षसम्म कारागारमा

 

२१ भदौ, कलैया। बारा जिल्ला अदालतले कञ्चनकुमारी ठाकुर हत्याका तीन अभियुक्तलाई आज कारागारको सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश सूर्यबहादुर थापाको एकल इजलासले बारा जिल्ला विप्रविर्ता–६ स्थायी घर भई हाल कलैया–८ बस्ने गोलु भनिने २८ वर्षीय अरविन्दलाल दासलाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष र बलात्कारमा १५ बर्ष तथा कलैया–८ बस्ने ४५ वर्षीय मदन मिश्रलाई कर्तव्य ज्यानमा दुई वर्ष र १६ वर्षीय पवन मिश्रलाई छ महिना कैद सजायको फैसला गरेको छ ।

अभियुक्तले २०७१ कात्तिक २२ गते करिब छ वर्षीया कञ्चनकुमारी ठाकुरलाई ललाइफकाई कलैया–८ स्थित कलैया अस्पतालको पछाडि लगी बलात्कार गरी हत्या गरेका थिए ।

रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment