Comments Add Comment

केदारनाथ मन्दिरलाई बचाउने यो पर्खाल

kedarnath_temple_kuldeepbangarinim
भारतको प्रसिद्ध केदारनाथ मन्दिर

२२ भदौ, काठमाडौं । केदारनाथ मन्दिर र त्यस आसपासका इलाकाहरुको सुरक्षा लागि अब तीनस्तरीय पर्खाल तयार भएको छ ।

२०१३ मा भारी वर्षा हुँदा र मन्दाकिनीमा बाढी आउँदा नदीले धार परिर्वतन गरेर केदारनाथतर्फ बगेको थियो । बाढीमा परी साढे ५ हजार भन्दा बढीले ज्यान गुमाएका थिए भने करिव साढे ४ हजार मानिस घाइते भएका थिए । सो बाढी र पहिरोबाट पाँच लाख प्रभावित बने ।

kedarnath_temple_after_disaster_kuldeepbangarinim
सन् २०१३ मा बाढी पहिरोको चपेटामा परेको केदारनाथ मन्दिर

यस्तो विपद फेरि नआओस् भनेर रोक्न तीन स्तरीय पर्खाल बनाइएको हो । यसको जिम्मा नेहरु पर्वतारोहण संस्थानलाई दिइएको छ । एनआइएमको सोनप्रयाग बेसक्याम्पका इन्चार्ज मनोज सेमवालले प्रोजेक्ट ९५ प्रतिशत पूरा भएको जानकारी दिए ।

पहिलो पर्खाल मन्दाकिनी र सरस्वती नदीको बाटोलाई सुरक्षित गर्नका लागि बनाइएको छ । २०१३ मा मन्दाकिनी नदीले बाटो परिवर्तन गरेर केदारनाथतर्फ आएको थियो । यस्तो फेरि नहोस् भनेर ढुंगा हालेर पर्खाल लगाइएको छ र यसलाई ‘ग्याबिङ वान’ भनिएको छ ।

kedarnath_temple_wall_kuldeepbangarinim

यस पर्खालले पानीलाई मन्दिरतर्फ आउन रोक्ने छ । यदि पानी तीव्र गतिमा आएमा त्यसको बेग पनि कम गर्नेछ ।

दोस्रो पर्खाल ६ मिटरको रकनेट जालीबाट बनाइएको छ । जुन दुई मिटर जमिनमा र चार मिटर जमिन बाहिर छ । यसले पानीसँगै आउने ढुंगाहरुलाई रोक्नेछ ।

kedarnath_temple_wall_2_kuldeepbangarinim

२०१३ को विपदका बेला धेरै क्षति पानीले भन्दा पनि त्यससँगै आएका ढुंगाले गरेको थियो । एक जापानी कम्पनीले बनाएको यो रकनेट वातावरण मैत्री ‘ईको फ्रेन्डली’ छ ।

रकनेट पास गरेर आउने पानीलाई अर्ध अण्डाकार तेस्रो पर्खालले डाइभर्ट गर्ने छ । र, पानी एकातिर मन्दाकिनी र अर्कोतिर सरस्वती नदीमा बाँडिने छ । ३५० मिटर लामो र ६ मिटर उचाइको यो पर्खाल पूर्णरुपमा कंक्रिटले बनेको छ र दुई मिटर जमिनमुनी र चार मिटर जमिन बाहिर छ ।

kedarnath_temple_wall_construction_kuldeepbangarinim

kedarnath_temple_wall_construction_2_kuldeepbangarinim

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment