Comments Add Comment

प्रचण्डलाई महतोको सुझावः एक लाख मधेसी युवालाई शिपमुलक तालिम

Prachanda-and-rajendra-mahato

२४ भदौ, काठमाडौं । मधेसी मोर्चाका नेता एवं सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भारत भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डलाई भेटेर ज्ञापन पत्र बुझाएका छन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर महोले भारत भ्रमणका एजेण्डाबारे सुझाव दिएका हुन् । उनले १ लाख मधेसी युवालाई शिप तथा रोजगारमुलक तालिमको प्याकेज ल्याउन प्रचण्डलाई सुझाव दिएका हुन् । ‘मधेसमा धेरै युवाहरु बेरोजगार छन् । उनीहरुलाई रोजगारमुलक तालिम चाहिएको छ’ भेटपछि महतोले भने, ‘एक लाख मधेसी युवालाई तालिम दिने एजेण्डा बनाउनुस् ।’

महतोका अनुसार यसका लागि अझै ३ अर्ब रकम लाग्नेछ । र, यो रकमबारे भारत भ्रमणका क्रममा कुरा गर्न महतोले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment