Comments Add Comment

रजनीको नजरमा आर्यन, प्रशान्त र रमेश

rajani kc with aaryan prasant and ramesh
नायिका रजनी केसी अभिनित २ चलचित्र एक साता अगाडि रिलिजमा आएका थिए । दुबै चलचित्रको औषत व्यापारले रजनीलाई केही फाइदा दिलायो । ‘ब्रासलेट’पछि ‘दिपज्योती’मा अभिनय गर्ने तयारीमा रहेकी रजनीलाई लाग्न थालेको छ कि अब अभिनयमा सक्रिय हुनुपर्छ । ‘ब्रासलेट’को काम हेरेरै दिपज्योतीमा अफर गर्नु भएको हो, अब अभिनयमै सक्रिय हुन्छु’ रजनीले भनिन् ।

यो विचमा उनी तीन जना नायकको नायिका बनिन् । तीनै जनाको काम गर्ने शैली फरक-फरक लाग्यो उनलाई । कोही हाँसेरै दिन बिताउने त कोही तीन दिनसम्म नखुल्ने । ३ नायकको बारेमा रजनीले साटेको अनुभव यस्तो छः

आर्यन रोमान्टिक
छविराज ओझाको प्रोडक्सनमा बनेको चलचित्र ‘लोफर’ मा काम गर्ने पक्का भएपछि छविको अफिसमा आर्यन सिग्देलसँग पहिलो पटक भेट भएको थियो रजनीको ।
‘सिनियर एक्टर भएकाले काम गर्न अलि गार्‍है हुन्छ होला’ भन्ने उनलाई लागेको थियो । तर, आर्यन आफूले सोचे भन्दा निकै फरक पाइन् रजनीले । । रजनी भन्छिन्-‘निकै रोमान्टिक हुनुहुँदो रहेछ । काम गर्न निकै सजिलो भयो ।’

जहिल्यै हाँसेर काम गर्ने आर्यनको शैली उनी कहिल्यै बिर्सन नसकिने बताउँछिन् । जस्तोसुकै अप्ठ्यारो दृष्य किन नहोस् आर्यन कहिल्यै आत्तिदैनन् । हाँसेर काम गर्ने कलाकारसँग काम गर्दा कहिल्यै थकानको अनुभव गरिनन् उनले । सिनियर भएपनि कहिल्यै म सिनियर हुँ भन्ने ब्यबहार देखाएनन् आर्यनले ।

प्रशान्त तामाङ सामान्य
जतिवेला प्रशान्त तामाङ इण्डियन आइडियल बन्ने तयारीमा थिए । काठमाडौमा प्रशान्त तामाङलाई एसएमएस मार्फत भोटिङ गर्ने अभियान नै चलेको थियो । त्यहि लहरमा उभिएकी थिइन् रजनी केसी पनि । उनले प्रशान्तलाई जिताउन आफुले त भोट गरिन् नै, अरुलाई पनि हौस्याँइन् ।

‘म उहाँको गीत सुनेरै फ्यान भएकी थिएँ, पछि सँगै काम गर्न पाउँदा निकै रमाईलो भयो’ रजनीले भनिन् । रजनी र प्रशान्तको पहिलो भेट चलचित्र ‘परदेशि’ को सुटिङ मै भएको थियो ।

सुटिङ सुरु गरेको पहिलो दिनमैे उनलाई प्रशान्तको वानी ब्यबहार देखेर अचम्म लाग्यो । ‘यस्तो सामान्य हुनुहुँदो रहेछ कि मैले त सोचेकै थिईनँ’ रजनीको भनाई थियो । हरेक दृष्यमा अभिनय गर्दा निकै सजिलो भएको अनुभव गरेकी रजनी उनको सहयोगी भावना कहिल्यै भुल्दिनन् । भनिन्-‘त्यो टिमसँग काम गर्दा सार्‍है रमाईलो भयो ।’

रिजर्भ बस्ने रमेश
रमेश उप्रेतीसँग पहिलो पटक स्त्रिmन शेयर गरेकी रजनी केसी उनको शैलीवाट पनि प्रभावित भइन् । उप्रेती आफू भन्दा सिनियर भएपनि काम गर्दा साथीको जस्तै ब्यबहार गरेको अनुभव गरिन् रजनीले । ‘कहिल्यै पनि म सिनियर हुँ भनेर घमण्ड गर्नु भएन, काम गर्न निकै सहज भयो’ उनले भनिन् ।

तर, उप्रेती निकै रिजर्भ लाग्यो उनलाई । खुल्न निकै गार्‍हो । तर, खुलीसकेपछि काम गर्न सजिलो । चलचित्र प्रचारका लागि आयोजित कतिपय कार्यक्रममा उप्रेतिसँगै उपस्थित भएकी रजनीलाई उनको अर्को वानी पनि मन पर्‍यो । देखेको कुरो प्याच्चै भनिदिने । ‘कसैले मेरो कमजोरी सोध्दा मैले भन्दा पहिला उहाँले भन्दिनुहुन्थ्यो, उहाँको त्यो शैली मन पर्‍यो ।’

धेरैलै प्रसंसा मात्रै गरिदिँदा आफ्नो कमजोरीवारेे थाहा नहुने धारणा राख्ने रजनी उप्रेतीको स्पष्ट शैलीले आफूलाई कमजोरी थाह पाउन पनि सजिलो भएको बताउँछिन् । ‘आफ्नो कमजोरी के हो थाह पाएपछि सुधार गर्न सजिलो हुँदो रहेछ’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment