Comments Add Comment

आमिर खानले बाणी कपुरमाथि आपत्ती जनाएपछि

bani kapoor and aamir khan
बलिउड नायक आमिर खानले आफू नयाँ चलचित्रमा अमिताभ बच्चनसँग काम गर्न लागेको घोषणा गरेका छन् । ‘थ्री इडियट, पीके’ जस्ता सफल एवं करोडौ कमाइ गर्न सफल चलचित्र बनाएका आमिरले ट्वीट गर्दै बच्चनसँग काम गर्न लागेको घोषणा गरेका हुन् ।

उनले लेखेका छन्-‘आखिर यो घडी आईपुग्यो, जुन कुरा मैले प्रतिक्षा गरिरहेको थिएँ । मैले जीन्दगीभर उनको कामको प्रसंसा गरिरहेँ, म निकै उत्साहित छु ।’
यशराज ब्यानरमा बन्ने ‘ठग्स अफ हिन्दुस्तान’ मा पहिलो पटक अमिताभ र आमिरले सँगै काम गर्न लागेका हुन् ।

विजय कृष्ण आचार्यले यो चलचित्र निर्देशन गर्न लागेका हुन् । चलचित्रमा नायिका को हुने अहिलेसम्म टुंगिएको छैन । निर्माता आदित्य चोपडाले भित्री रुपमा नायिका बाणी कपुरलाई चलचित्र लिने तयारी गरेका थिए । तर, जब, बाणीको बिषयमा आमिरले सुइको पायो, आदित्यलाई दबाब दिन थालेका छन् । आमिरले आफू र अमिताभको स्टारडमको अगाडि बाणी नयाँ भएको भन्दै उनलाई नलिन आदित्यलाई दबाब दिएका छन् ।

आदित्यले बाणीलाई लिने निर्णय ‘वेफिक्रे’ नामक चलचित्रको समयमा नै गरेका थिए । तर, आमिरले भनिसकेपछि आदित्य पनि सोच्न वाध्य बनेका छन् । सन् २०१८ को दिवालीमा चलचित्र रिलिज गर्ने निर्माण पक्षको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment