Comments Add Comment

एकै परिवारका ५ जना मिर्गौला रोगले थलिए, उपचारमा समस्या

Kidney-damage-family

२६ भदौ, पोखरा । पर्वत कुर्घा वडा नम्बर २ का एक परिवारका ६ जना मध्ये ५ जना मिर्गौला रोगले थलिएका छन् । ६२ वर्षीय तिलोचना शर्मा पौडेल परिवार मिर्गौला रोगबाट पीडित भएका हुन् ।

पौडेलकी श्रीमती, एक छोरा र दुई छोरी मिर्गौला पीडित रहेको पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिए । पौडेलका अनुसार ५१ वर्षीया श्रीमती प्रेमकला, २४ वर्षीय छोरा दीपक तथा छोरीहरु श्यामला र शारदा मिर्गौला रोगबाट थलिएका छन् ।

मिर्गौला रोगकै कारण एक दशकअघि पौडेल परिवारले एक छोरा गुमाइसकेका छन् । कान्छी छोरी २१ वर्षीया कमला पौडेलमा मात्र मिर्गौलाको समस्या नदेखिएको परिवारले बताएको छ ।

१५ वर्षअघि तिलोचनाकी छोरी श्यामलाको मिर्गौला खराब भएको थियो । छोरीको मिर्गौला खराब भएपछि उनले आफ्नी छोरीको मिर्गौला प्रत्यारोपणका लागि मिर्गौला दान दिएका थिए । पछि छोरा दीपकको मिर्गौला खराब भयो ।

दीपकलाई छोरी शारदाले मिर्गौला दिइन् । दीपकको २०६९ सालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । तर उनको प्रत्यारोपण गरेको मिर्गौलामा हाल आएर इन्फेक्सन भएको बुबा तिलोचनाले बताए । हाल आएर शारदाको पनि मिर्गौला खराब भएको छ ।

हाल तिलोचनाको आफ्नै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हो । तर श्रीमती, छोरा र छोरीको मिर्गौला डायलोसिस गर्नपनि कठिन भएका बेला उनको मिर्गौला प्रत्यारोप गर्नेकुरा सपना जस्तो मात्र भएको छ । परिवारका एक छोरी बाहेक पाँचै जनाको मिगौला खराब भएपछि पौडेल परिवार घर छाडेर भौतारिएर हिंडेका छन् सहयोगको खोजीमा ।

आर्थिक रुपमा विपन्न यो परिवारले अहिलेसम्म त्यस्तो मनकारी पाएका छैनन् जसले उनीहरुको उपचार गरिदेओस् । सहयोगका लागि भौतारिएर घर छाडेको ७ महिना भयो, तर काँध थापेर उपचारमा सहयोग गर्ने अझै भेटिएन, उनले भने, यो संसारमा भगवान भए सहयोगी भएर आइदेओस् भगवान, जसले मेरा श्रीमती, छोरा र छोरीहरुको ज्यान बचाओस् ।’

पौडेल परिवारले उपचारका लागि एक करोड रकम खर्च गरिसकेको जनाएको छ । घरखेत बेचेर एक करोड खर्च गरेपनि नपुगेपछि थप १० लाख ऋण पनि लागेको तिलोचनाले बताए । सरकारले पौडेल परिवारलाई २ महिनाअघि एकलाख रुपैयाँ दिएपनि त्यो साह्रै कम हुँदा उपचारमा समस्या भएको उनले बताए ।

पौडेल परिवारले सहयोगको याचना गरेका छन् । पौडेल परिवारलाई सहयोग गर्न चाहनेले नेपाल एस.बी.आई.वैंकको खाता नम्वर १८९१५२४१४०८२३१ मा रकम जम्मा गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment