+
+

मलेसियामा रहेका रोल्पालीको सामुहिक लगानीमा जोड

रामचन्द्र नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २७ गते १६:३१

rolpali-in-malesiaमलेसिया । रोजगारीको लागि मलेसियामा रहेका रोल्पावासीले रोल्पामा सामुहिक लगानीमा एउटा व्यवसाय सन्चालनमा ल्याइने वताएका छन् । रोल्पाली युवा समाज मलेसियाको गठनसँगै उनीहरुले यस्तो प्रतिवद्धता जाहेर गरेका हुन् ।

क्वालालम्पुरमा आयोजित भेलाले दिपक संघर्षको अध्यक्षतामा ४५ सदस्यिय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा पुष्पकमल पुन महासचिवमा गोविन्द महरा, सचिवमा लीलामणि सुवेदी, सह सचिवमा सुभाष रोका, कोषाध्यक्षमा देबेन्ऽ थापा रहेका छन् ।

यसैगरी सदस्यहरुमा विरबहादुर रोका, टंकबहादुर जिसी, यामबहादुर रोका, डोरबहादुर रानामगर, मोहन सुवेदी, अनिल घर्ती, रमेश सुनार, गोविन्द के सिं रहेका छन् ।

जिल्लाको विकासमा समेत सामुहिक लगानीमा केही योगदान गर्न सकियोस् भनेर समाजको गठन गरिएको अध्यक्ष सर्घषले अनलाइनखबरलाई बताए ।

क्वालालम्पुरमा भएको समाज गठन कार्यक्रमको सभापति संरक्षक एवं सल्लाहकार डोरबहादुर घर्तीले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि नयाँ शक्ति मलेसियाका राजु ढुङ्गाना -प्रनिल) रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?