Comments Add Comment

दिल्लीमा प्रचण्डलाई मोदीको स्वागत, हेर्नुस् ५ तस्वीर

३१ भदौ, नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार उच्चस्तरीय भेटवार्ता गरेका छन् ।

१.

Prachanda and modi meet (2)

राजकीय भ्रमणका लागि बिहीबार दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डलाई शुक्रबार औपचारिक रुपमा स्वागत गरिएको छ । राष्ट्रपति भवनमा कार्गेडसहित पुगेका उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरे । र, प्रधानमन्त्री प्रचण्डले ‘गार्ड अफ अनर’ ग्रहण गरेका छन् ।

२.

Prachanda and modi meet (1)

त्यसक्रममा प्रधानमन्त्री पत्नी सीता दाहाल केही अलमलमा परिन् । उनी तस्वीर खिचाउने क्रममा हात बाँधेर उभिइन् । जसलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले व्यंग्य समेत गरे ।

३.

Prachanda and modi meet (8)

त्यसक्रममा दुई प्रधानमन्त्रीले एकअर्कालाई आफ्ना प्रतिनिधिको परिचय पनि गराएका छन् । पत्रकारहरु भएको ठाउँमा आइपुगेपछि भारतीय प्रधानमन्त्री मोदीले आफ्नो समकक्षीलाई केही भन्नु छ भन्दै प्रश्न गरे । जवाफमा प्रचण्डले ‘पछि’ भनेका छन् ।

४.

Prachanda-and-sita-dahal

राष्ट्रपति भवनको औपचारिक स्वागतपछि प्रधानमन्त्री प्रचण्ड महात्मा गान्धीको समाधिस्थल पुगे । त्यहाँ उनले पुष्पगुच्छा अर्पण गरे । र, अतिथि पुस्तिकामा झण्डै एक पेज लेखेका छन् । प्रधानमन्त्री प्रचण्डले पत्नी सीता दाहाललाई पनि हस्ताक्षर गर्न लगाए ।

५.

Prachanda-and-modi-meet-1

गान्धीको समाधिस्थलबाट राष्ट्रपति भवन फर्किएका प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भेटिन् । लगत्तै प्रधानमन्त्री प्रचण्ड हैदराबाद हाउस पुगे, जहाँ उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरे। दुई देशका प्रधानमन्त्रीले हात मिलाउँदै फोटो सेसन गरेपछि दुई देशबीच वार्ता सुरु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment