Comments Add Comment

एमालेले छुट्टै कार्यक्रम गरेर संविधान दिवस मनाउने

Uml-press-meet

१ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले छुट्टै कार्यक्रम गरेर संविधान दिवस मनाउने निर्णय गरेको छ । एमालेले शनिबार पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरी असोज ३ गते जुलुससहित काठमाडौको वसन्तपुरमा संविधान दिवस मनाउने जानकारी दिएको हो ।

सरकारले असोज ३ गते विहान सैनिक मञ्चमा संविधान दिवसको कार्यक्रम राखेको छ । संविधान दिवस अन्र्तगत माइतीघरस्थित शान्तिवाटिकामा भेला भएर वसन्तपुर जाने र त्यहाँ पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने एमालेले जनाएको छ ।

एमालेका महासचिव इश्वर पोखरेलले आफ्नो संविधान आफैं बनाउने नेपाली जनताको आधा शताब्दी लामो आकांक्षा र संघर्षको परिणामस्वरुप संविधान जारी भएको एक वर्ष पुगेको खुशीयालीमा पार्टीले संविधान दिवस मनाउने निर्णय गरेको बताए ।

संविधानप्रति असन्तुष्ट मधेसवादी दलहरुले संविधान दिवसको दिन कालो झण्डा प्रदर्शनको कार्यक्रम राखेकोबारे सोधिएको प्रश्नमा एमाले महासचिव पोखरेलले पआफूहरु झडप गर्ने पक्षमा नरहेको बताएका छन् ।

संविधानप्रति असन्तुष्ट मधेसवादी दलहरुको मोर्चाले माइतीघर मण्डलामा कालो झण्डा प्रदर्शन गरी असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउने कार्यक्रम यसअघि नै सार्वजनिक गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment