Comments Add Comment

तर्माल्नी देवीको थानमा पूर्णिमा मेला

Purnima_Mela_Mugu

२ असोज, मुगु । मुगु जिल्लाका कतिपय गाउँ बस्तीरुमा यतिखेर पूर्णिमा मेलाको रौनक नै छाएको छ । जसमध्ये केरै, चिमाढुङ्ग्री, गम्था र जोगीलेखका स्थानीयबासी आफ्ना कुल देवताको रुपमा मान्दै आएका तर्माल्नी भगवतीको थानमा परम्परागत रुपमा पूजाआजा र मेला सञ्चालनमा व्यस्त देखिन्छन् ।

सामाजिक रितिअनुसार मुगुका हरेक देवी देउताहरको पूजा आजा र मेला पर्वहरु पूर्णिमाकै अवसरमा गरिँदै आएको पाइन्छ । स्थानीय भाषामा ‘चौधसपुनि’ले चिनिने यो पूर्णिमामा मुगुका धेरैजसो देवदेवीको मेला लाग्ने पूर्णिमा हो ।

सो अवसरमा फरक पहिचान बोकेकी तर्माल्नी देवीको मेलामा सहभागी भक्तालुहरु देवीलार्इ खुसीपार्न परम्परागत शैलीमै मेला सञ्चालन गर्दै आएका छन् । महिलाहरु देवीलार्इ चढाउन र मेला भर्न आएका इष्टमित्रलार्इ खुवाउन आफ्नो-आफ्नो चुलोमा पुरी पकाइ रहेका देखिन्छन् भने पुरुषहरु मन्दिरमा पूजापाठ लगाएतका धार्मिक कार्यमा खटिएका देखिन्छन् ।

मेला भर्न आएका के महिला के पुरुष सबैजसो आ‐आफ्नो समूहमा रात‐दिन देउडा खेल्नमै व्यस्त हुन्छन् । विशेष गरी महिलाहरुको खेलमा देवीकै भक्तिका गीतहरु देउडा भाकामा गाउने गरिन्छ । सधै कामधन्दाले व्यस्त भैरहने यहाँका मानिसहरुलार्इ यस्ता चाडवाडले एक आपसमा भेटघाट र रमाइलो गर्ने अवसर समेत जुटाएको पाइन्छ ।

आफ्ना कुल देवताहरुको निश्चित समयमा पूजापाठ गर्दै आए घर परिवारमा अनिष्ट नहुने रोग, भोक र दैवी प्रकोपबाट बचिने जस्ता परम्परागत धार्मिक जनविश्वास रहेको छ ।

अन्याय परेकाले पुकारा गरेको खण्डमा न्याय दिलाउने देवीको रुपमा समेत तर्माल्नी भगवतीलार्इ लिने गरेको पाइन्छ ।

अहिलेको बदलिँदो परिस्थितिमा हाम्रा परम्परागत सामाजिक मूल्य र मान्यताहरु हराउँदै जान लागेको अवस्थामा यी देवी देउताहरुको निरन्तर पूजाआजाले पनि केहि प्रचलन भने जोगिनमा टेवा पुगेको बुद्धिजिवीहरुको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment