Comments Add Comment

एसईईमाअमर्यादित गतिविधि गर्ने ८ निरीक्षक कारबाहीमा

२२ चैत, वीरगञ्ज । पर्सामा एसईईमा अमर्यादित गतिबिधि गर्ने ८ जना निरीक्षक कारबाहीमा परेका छन् ।

कारबाहीमा पर्नेहरूमा पोखरिया परीक्षा केन्द्रका दिपरानी चौहान, दिपेन्द्र कुमार तेली र अशोक जयसवला, रामनगरी परीक्षा केन्द्रबाट हृदय नारायण पटेल, पवन प्रसाद साह, सुरेन्द्र कुर्मी र बहुअर्वाभाठा परीक्षाकेन्द्रका मोहन चौहान र अजय कुमार तेली छन् ।

परीक्षा अनुगमनका क्रममा अमर्यादित गतिविधि गरेको पाइएपछि उनीहरू कारबाहीमा परेको जिल्ला परीक्षा समन्वय समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले जानकारी दिए ।

‘विद्यार्थीहरुलाई गाईड गर्नुपर्नेमा अन्य कुरामा ध्यान दिएर ड्युटी राम्रोसँग पूरा नगरेको पाइएपछि कारबाही गरेको हुँ । अबदेखि उनीहरुले एसईई जारी रहँदासम्म निरीक्षकको भूमिका निर्वाह गर्न पाउने छैनन् ,’ प्रजिअ भट्टराईले भने , ‘तर, कडा कारबाही गर्नुपर्ने खालको गल्ती देखिएको छैन ।’ केही निरीक्ष कारबाहीमा परेको भए पनि शुक्रबारको परीक्षा मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न भएको उनको भनाइ छ ।

प्रदेश २ मा प्रश्न पत्र बाहिरिएका कारण स्थगित भएको परीक्षा पुनः शुक्रबारबाट सुरू भएको हो । शुक्रबार विज्ञान विषयको परीक्षा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment