+
+

आइफोन सेभेनमा देखियो अनौठो समस्या !

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ३ गते १६:०४

iphone-7-colors

अमेरिकी मोवाइल उत्पादन कम्पनी एप्पलले हालै सार्वजनिक गरेको आइफोन सेभेन र सेभेन प्लसमा अनौठो समस्या देखिएको छ ।

सेभेन र सेभेन प्लसमा खरिद गरेका केहि उपभोक्ताले बताए अनुसार नयाँ फोनबाट अनौठो आवाज आउने गरेको छ, जुन सर्पको आवाजजस्तो सुनिन्छ । रिपोर्टका अनुसार यो आवाज एप्पलको ए १० फ्युजन प्रोसेसरकै हुनसक्छ ।

समाचारहरुका अनुसार स्टेफन हैकेट नामका एकजना ब्लगरले आइफोन सेभेनमा यो अनौठो आवाज नोट गरेका थिए । उनले ट्वीटरमा यसको भिडियो लिंक पोष्ट गर्दै लेखेका छन्, ‘मेरो आइफोन सेभेनमा बढी लोड हुँदा निक्कै खराव आवाज उत्पादन भइरहेको छ ।’

एप्पलका पूर्व पिआर तथा अहिले टेकचर्चका लेखक ड्यारल इरिङटनले पनि यो समस्याबारे बोलेका छन् । उनले एक ट्वीटमा भने, ‘भर्खरै बक्सबाट निकालिएको ब्राण्ड न्यु डिभाइसले पनि यस्तै आवाज निकालिरहेको छ ।’

एप्पलले यसबारेमा अझै आफ्नो धारणा सार्वजनिक गरिसकेको छैन । तर स्टेफन हैकटले भनेका छन् कि एप्पल केयरमा उनले यसबारे कुरा गर्दा उनलाई नयाँ डिभाइस रिप्लेस गर्ने सल्लाह दिइयो ।

वर्ज अनलाइनका अनुसार हिसिङ आवाज वास्तवमा नोइज हो, जुन प्रोसेसरबाट पैदा हुन्छ । रिपोर्टका अनुसार केहि प्रयोगकर्तामा यो समस्या देखिएको छ र आइफोनको पहिलो उत्पादनमा केहि गडबढी भएको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?