Comments Add Comment

सरकारले आलोचकलाई सम्झायो पाण्डे-स्वराज वक्तव्यको बुँदा नं. ६

३ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा जारी गरेको २५ बुँदे संयुक्त वक्तव्यलाई लिएर भएको आलोचनाको सरकारले खण्डन गरेको छ ।

Ministry-of-external-affairअन्तराष्ट्रिय मञ्चमा साझा धारणा बनाउने सहमतिको प्रमुख विपक्षी दल एमालेले विरोध गरेको छ । भारत भ्रमणबाट आएका प्रधानमन्त्री प्रचण्डले यो नयाँ नभएको स्पष्टिकरण दिए ।

तर, एमालेले प्रश्न उठाउन छाडेको छैन । साथै अब प्रचण्ड सरकारले चीनलाई भारतको परराष्ट्र नीतिको आँखाले हेर्ने भनेर प्रश्न समेत उठाइएको छ ।

लगातार आलोचना भएपछि सोमबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति नै निकालेर यसको खण्डन गरेको छ । साझा चासोका प्रमुख अन्तराष्ट्रिय विषयहरुलाई सम्बोधन गर्न राष्ट्रसंघ लगायतका अन्तराष्ट्रिय संगठनहरुमा सहकार्य गर्ने प्रचलन भएको बताएको छ ।

राष्ट्रसंघ स्थायी सदस्यका लागि भारतलाई यसअघिदेखि नै समर्थन गरिएको भन्दै मन्त्रालयले भनेको छ, ‘नेपालका तत्कालीन परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच २६ जुलाई २०१४ मा काठमाडौंमा सम्पन्न नेपाल भारत संयुक्त आयोगको तेस्रो बैठकका समयमा जारी संयुक्त प्रेस वक्तव्यको बुँदा नं. ६ मा समेत यी विषय उल्लेख भइसकेका छन् ।’

पढ्नुहोस् परराष्ट्र मन्त्रालयको विज्ञप्ति

PressRelese-of-Government

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment