Comments Add Comment

एस डेभलपमेन्ट बैंकले २०.२५ प्रतिशत बोनस सेयर दिने

४ असोज, काठमाडौं । एस डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई चुक्ता पुँजीको २०.२५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।

ace development bankबैंकको मंगलबार बिहान बसेको २३१औं सञ्चालक समितिको बैठकले यो वर्ष बोनस सेयरमात्रै दिने घोषणा गरेको हो ।

गत वर्ष बैंकले २५ करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको चुक्ता पुँजी १ अर्ब रुपैयाँ छ । जसअनुसार बैंकले २० करोड ५० लाख रुपैयाँ बोनस सेयरका रुपमा वितरण गर्नेछ । बोनस सेयरमा लाग्ने करवापतको रकम भने सेयरधनी स्वयंले तिर्नुपर्नेछ ।

बैंकको सञ्चालक समितिले घोषणा गरेको उक्त बोनस सेयर नियामक नेपाल राष्ट्र बैंक र सम्बिन्धत बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्रै वितरण गरिने छ ।

गत वर्ष बैंकले ७ अर्ब ५८ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । कूल कर्जामा खराब कर्जाको अनुपात १.५१ प्रतिशत छ भने प्रतिसेयर आम्दानी २५ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment