Comments Add Comment

विप्लवका कमाण्डरले भने-नेपालीको स्कूलमा बम पड्काउदैनौं

बम आतंक मच्चाउनेको पहिचान गर्न राज्यलाई सघाउँछौं-चलाउने

Dipendra-Chalaune

४ असोज, काठमाडौं । नेत्रविक्रम चन्द बिप्लब नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले शैक्षिक हड्ताल घोषणा गर्दै दिएको १० दिने अल्टिमेटम सकिने अघिल्लो दिन राजधानीका बिभिन्न विद्यालयमा बम विष्फोट हुनु संयोगमात्र हो ? अधिकांशले यहि प्रश्न गर्दै क्रान्तिकारीका नेताहरुलाई प्रश्न गरेपछि बिप्लबका विद्यार्थी नेताहरु अप्ठेरोमा परेका छन् ।

बम राखेको आशंका आफूहरुतिर आएपछि क्रान्तिकारीले अस्वीकार गर्दै बमका बारेमा नीतिनै बनाउनुपर्ने महशुस गर्न थालेको छ । क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउनले भोलि बम र बन्दूक बोकेर हिँड्नुपरे पनि विद्यालयमा चाहिँ बम नपड्काउने नीति अख्तियार हुने उनले बताए ।

चलाउनेले भने-बम हामीले राखेको हो कि भनेर लगाइएका अनुमान गलत हुन् । हामीले शैक्षिक हड्तालका लागि दश दिने अल्टिमेटम दिएको भोलि सकिदैछ । यसबीचमा भएको बम काण्डसँग हाम्रो संलग्नता छैन । हामीले यो तहको परिकल्पना गरेका छैनौं ।

उनले विद्यालयमा पढ्ने साना नानीहरुको मस्तिस्कमै असर पर्ने खालको गतिबिधि भोलि विद्रोहमै जानु परे पनि गर्न नहुने बारे छलफल भइरहेकोब बताए । बिप्लव माओवादीले फेरि शसस्त्र विद्रोह गर्ने धम्की दिदै आएको छ ।

तपाईहरुले यो बमकाण्डको मात्र जिम्मा नलिएको हो कि, स्कूलमा कहिल्यै बम नराख्ने प्रतिबद्धता पनि देखाउनुहुन्छ ? अनलाइनखबरको यो प्रश्नमा महासचिव चलाउनेले भने-हामी नेपाली नीति नियम अनुसार चलेको विद्यालयमा कहिल्यै पनि बम नराख्ने भन्न सक्छौं । तर राष्ट्रियतालाई नै चुनौति दिएर आएका भारतीय स्कूलको हकमा सरकारले नियन्त्रण नगर्ने हो भने भन्न सकिन्न ।

विद्यालयमा बम राख्नेहरुको पहिचान गर्ने सवालमा राज्यलाई सघाउन आफूहरु तयार रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment