Comments Add Comment

गंगालाल अस्पतालले उपत्यका वाहिर पनि सेवा विस्तार गर्ने

 

४ असोज, काठमाडौं । बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले उपत्यका वाहिर पनि सेवा विस्तार गर्ने भएको छ ।

gangalalगंगालाल अस्पतालको नामले चिनिने केन्द्रले अञ्चल अस्पतालहरुसँग समन्वय गरेर मुटुरोगको सेवा काठमाडौं वाहिर विस्तार गर्ने भएको हो । केन्द्रको संचालक समितिको मंगलबार बसेको बैठकले अस्पताललाई प्रतिष्ठानको स्वरुप दिने र सेवा विस्तार गर्ने निर्णय गरेको छ ।

सञ्चालक समितिका अध्यक्ष स्वास्थ्यमन्त्री गगन थापाले मुटुरोगका विरामीहरुले काठमाडौं आउँदा धेरै खर्च व्यहोर्नुपर्ने भएकाले गंगालाल अस्पतालको सेवा विस्तार गर्ने निर्णय गरेको जानकारी दिए ।

सञ्चालक समितिका सदस्यहरुले मुटुरोगको उपचारका लागि दक्ष जनशक्ति उत्पादन गर्न अस्पताललाई प्रतिष्ठान बनाइनुपर्ने बताएपछि बैठकले यस विषयमा अवधारणा तयार पार्ने निर्णय गरेको छ ।

अस्पतालले तयार पार्ने अवधारणा अध्ययन गरेर आवश्यक निर्णय लिइने स्वास्थ्यमन्त्री थापाले बताए ।

बैठकमा मुटुरोगको उपचारका क्रममा विरामीले सेवन गर्ने औषधिको मूल्य घटाउने विषयमा समेत छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment