+
+

सप्तकोशीमा डुंगा चढ्दा लाइफ ज्याकेट अनिवार्य, यात्रुको लगत पनि राख्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ५ गते १७:५६

Life_Jacket

५ असोज, सुनसरी । सुनसरी प्रशासनले सप्तकोशी नदीमा डुंगा चढ्ने यात्रुहरुलाई लाइफ ज्याकेट अनिवार्य गरेको छ । डुंगा चढ्नेहरुको लगत राख्न पनि अनिवार्य गरिएको छ ।

सप्तकोशी नदीमा डुंगा दुर्घटना भएर मानवीय क्षति भएकाले जिल्ला सुरक्षा समितिको बैठकले लाइफ ज्याकेट लगाएरमात्रै यात्रा गर्नुपर्ने र अनिवार्य लगत राख्ने निर्णय गरेको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी चण्डेश्वर पोख्रेलले जानकारी दिए ।

राजवास घाटमा २०६४ सालमा डुंगा पल्टिँदा ३२ जना वेपत्ता भएका थिए । तिनीहरु कसैको लाश पनि भेटिएको छैन । त्यसको ६ वर्षपछि २०७० साल साउनमा चतराघाटमा फेरि डुंगा दुर्घटना भएको थियो । त्यसपछि लाइफज्याकेट अनिवार्य लगाउनुपर्ने नियम बनाइए पनि पालना भएको छैन ।

यात्रुको सुरक्षालाई ध्यान नदिँदा गत शनिबार श्रीलंका टापुबाट प्रकाशपुर तर्फ आउँदै गरेको डुंगा दुर्घटना हुँदा नौ जना अझै वेपत्ता छन् ।

चारैतिर सप्तकोशीको भंगालोले ढाकेको श्रीलंकाटापुमा करिव २२ सय घर धुरीको बसोवास छ । त्यहाँका बासिन्दाहरुलाई कोशी नदी तर्न डुंगा चढ्नुको विकल्प छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?