+
+

वर्षाले धादिङको बैरेनी खण्डमा रातभर सवारी जाम

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते ९:२६

१५ जेठ, काठमाडौं । गएरातिको पानीले बाटो अवरुद्ध हुँदा धादिङको बैरेनी क्षेत्रमा सवारी साधनको लामो लाइन लागेको छ ।

गल्छी गाउँपालिका वडा नम्बर ६ बर्दखोला बैरेनी पुल नेर लेदो माटो जम्मा भएपछि सवारी साधनको जाम भएको हो । त्यहाँ पुलको दुवैतर्फ निर्माणकार्य जारी छ ।

राति पानी परेपछि बाटो पूर्णरुपमा बन्द थियो । सामान्य मर्मत गरेर केहीबेर एकतर्फी बाटो खुलाए पनि फेरि बन्द हुँदा सवारी साधनको लामो लाइन लागेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता मकेन्द्र कुमार मिश्रले सो क्षेत्रमा बाटो खुल्ने र बन्द हुने क्रम जारी रहेकाले सवारी साधन सहज रुपमा सञ्चालन हुन नसकेको बताए । ‘अहिले पनि बाटो डिस्टर्ब नै छ,’ उनले भने ।

बाटो खुलाउने प्रयासमा गजुरी प्रहरीका डिएसपी डिल्लीनारायण पाण्डेको नेतृत्वमा ट्राफिक प्रहरीसमेत खटिएको छ । तर बाटो सहज नहुँदा यात्रुहरु मर्कामा परेका छन् ।

प्रहरीले स्थानीय एफएमहरुबाट बाटो बन्द भएको सूचनासमेत प्रवाह गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?