+
+

संविधानमाथि राजनीति धेरै भयोः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

रासस रासस
२०७३ असोज ५ गते १६:४३

५ असोज, काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालको संविधानमाथि नै धेरै राजनीति भएका कारण पूर्ण कार्यान्वयनले गति लिन नसकेको टिप्पणी गरेका छन् ।

Kalyan-Shresthनेपाल कानुन समाजले ललितपुरमा आयोजना गरेको ‘संविधान जारी भएको एक वर्षका प्रतिबिम्ब’ विषयको कार्यक्रममा श्रेष्ठले भने, अब संविधानले राजनीतिलाई सुसंस्कृत तुल्याउनुपर्छ, कानुन मान्ने संस्कृतिको विकास गर्न आवश्यक छ । नेताले जित्ने, जनताले हार्ने संविधान हामीले खोजेका होइनौं ।’

संसद् र सांसद रुपान्तरण हुने, जनताले चाँहि रुपान्तरणको अनुभूति गर्न नपाउने भन्ने हुन नहुने भन्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने, मोटो आकारमा आएको संविधानमा उल्लेखित अधिकारको तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता भने कमजोर छ ।’

संविधानसभाका तत्कालीन अध्यक्ष सुवास नेम्वाङले जनताका इच्छा र आकांक्षालाई परिमार्जन गरेर समेटेर लैजान सक्ने प्रावधानसहितको दस्तावेजका रुपमा नेपालको संविधान जारी भएकाले यसलाई राम्रो संविधान भनिएको बताए । राजनीतिक दल र सिङ्गो समाजबीच संविधान कार्यान्वयनका लागि धुमधाम छलफल र विचार–विमर्श हुन आवश्यक रहेको उनले बताए ।

 

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?