६ असोज, काठमाडौं । नेपाल भारतको सीमामा पर्ने धनुषको जटही नाकामा दैनिक बिहानदेखि नै भारतीय युवाको भीड लाग्छ ।
युवाहरु भारतीय सवारीसाधन सीमामा ल्याएर मदिरा पिउँदै रमाइलो गर्छन् ।
भारतको बिहार राज्यमा मदिरा प्रयोग तथा बिक्रीवितरण प्रतिवन्ध लागेपछि मदिरा पिउन भारतीय युवा तराईका सीमा क्षेत्रमध्ये जटहीमा आउने गरेका आजको अन्नपूर्णमा समाचार छ ।
बिहानदेखि रक्सी पसल भरिभराउ हुने र साँझमा सबै खाली हुने गरेको जटही भन्सार कार्यालयका सहायत वैद्यनाथ लाल कर्ण बताउँछन् ।
उनका अनुसार साँझको समयमा भारतीय नाकामा जाँच गर्न सुरक्षाकर्मी आउने भएकाले युवाहरु मदिरा पिउन विहानै आउने गरेका हुन् ।
विहान १० देखि १२ बजेत्रिै भारतीय गाडी लिएर आउने गरेका युवा रक्सी लिएर फर्किन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4