Comments Add Comment

खोलाले धार परिवर्तन गर्दा बस्ती जोखिममा, दुई परिवार विस्थापित

Baglung-Badi2६ असोज, ताप्लेजुङ । वर्षाले घर भत्कदा ताप्लेजुङमा एक परिवार विस्थापित भएका छन् ।

मंगलबार रातिदेखि निरन्तर भएको वर्षाले बुधबार दिउँसो घर भत्कदा लिङतेप दुईका मंगलसिंह विकको परिवार विस्थापित भएका हुन् ।

वर्षाका कारण घर भत्किएपछि विकको परिवार लाई स्थानीयले नजिकै पाल टाँगेर राखेको शिक्षक नरेन्द्र नाल्बोले बताए । मंगलबार रातिदेखि निरन्तर परेको वर्षा बुधबार राति मात्र रोखिएको छ । आज भने विहानै देखि ताप्लेजुङको मौषममा सुधार आएको पूर्वी क्षेत्रिय हावापानी फिल्ड कार्यालय ताप्लेजुङले जनाएको छ ।

खोलाले धार परिवर्तन गर्दा बस्ती जोखिममा

यस्तै ताप्लेजुङको थुकिमा र नाल्वु गाविसमा पर्ने लंवा खोलामा बाढी आएर धार परिवर्तन गर्दा सक्रान्ते बजारको एक परिवार विस्थापित भएका छन् ।

छ घर जोखिममा परेका छन् । नाल्वुका स्थानीय ठाकुरसिंह नाल्वोका अनुसार शनिवार राति आएको बाढिले बस्ति तर्फ कटान गर्न सुरु गरेको हो । शनिवार देखि दिउँसो राति पानी परिरहेकाले खोलामा बाढी आउन सक्ने भएकाले स्थानीय उत्तरबहादुर नाल्वोको परिवार घर छाडेर छिमेकीकोमा सरेका छन् । बाढिका कारण आइतबहादुर साँवा, तुरुन ध्वज नाल्वो, विक्रम साँवा, जयाराम थलङ, आइतहाङ नाल्वो र श्यामकुमार साँवाको घर जोखिममा परेको नाल्वोले बताए ।

खाेलाले बगाएर पाँचथरमा एक बालक बेपत्ता

पाँचथर सदरमुकाम फिदिम नजिकै रहेको हेवा खोलाले बगाएर एक बालक बेपत्ता भएका छन् । फिदिम चार थापा टारका केशव कटुवालका आठ वर्षीय  छोरा रिसव कटुवाल पुल छेउबाट खोलामा खसेर बेपत्ता भएको प्रहरीले बताएको छ ।

हिजो साँझ देखि बेपत्ता बालक राति सम्ममा पनि फेला पर्न नसकेपछि नेपाल प्रहरी, ससस्त्र प्रहरी र स्थानियको टोलीले आज विहानैबाट खोजिकार्य जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment