Comments Add Comment

प्रचण्ड-मोदी संयुक्त वक्तव्यको सात बुँदामा नयाँ शक्तिको आपत्ति

Baburam-bhattrai

६ असोज, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा जारी भएको संयुक्त वक्तव्यको सात वटा बुँदामा आपत्ति जनाएको छ ।

सम्झौताका कतिपय विषय नेपालको राष्ट्रिय हित विपरित भएको नयाँ शक्ति नेपालले जनाएको छ । प्रधानमन्त्री भरत जानु अघि भट्टराईले १० बुुँदे सुझाव दिएका थिए । तर, भ्रमणका क्रममा त्यसबारे कुनै पहल नहुनु खेदजनक भएको प्रवक्ता खिमलाल देवकोटाले बताएका छन् ।

नयाँ शक्ति नेपालले संविधान संशोधन तथा कार्यान्वयन आन्तरिक मामिला भएको भन्दै उसलाई अन्तराष्ट्रियकरण गरेको भन्दै आपत्ति जनाएको छ । प्रचण्ड र मोदीले जारी गरेको संयुक्त वक्तव्यको बुँदा नम्बर १० मा संविधान कार्यान्वयनका लागि सबैको स्वीकार्यता बढाउने नेपाल सरकारको प्रयासलाई भारतले स्वागत गर्ने उल्लेख छ । नयाँ शक्तिले यसप्रति आपत्ति जनाएको छ र यो अवाञ्छनीय र गलत भएको बताएको छ ।

नयाँ शक्तिले कुन-कुन कुरामा आपत्ती जनायो ? पढ्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment