+
+

भोलिदेखि ‘अष्ट्रेलियन एडु फेयर’ हुने

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ७ गते १७:२३

ecan educational fair (2)
७ असोज, काठमाडौं । नेपलिज एसोसिएसन अफ अष्ट्रेलियन एजुकेशन रिप्रिजेन्टेटिभ्स् (नायर) को आयोजनामा भोलिदेखि अष्ट्रेलियन एडु फेयर हुने भएको छ । नेपालबाट अष्ट्रेलिया अध्ययनमा जाने विद्यार्थीलाई परामर्श दिँदै आएका कन्सल्टेन्सी तथा परामर्शदाताहरुको संगठन नायरले गर्ने मेलामा अष्ट्रेलिया अध्ययन सम्बन्धि सम्पूर्ण जानकारी निःशुल्क दिइनेछ ।

राजधानीको होटल अन्नपूर्णमा हुने मेलाको नेपाल अष्ट्रेलिया चेम्बर अफ कमर्शका अध्यक्ष अखिल कुमार चाँपागाईं र एसोसियसन अफ नेपलिज एलोम्नी ग्रुप अष्ट्रेलियाका अध्यक्ष डा. दामोदरप्रसाद पोखरेलले विशेष कार्यक्रमकाबीच उद्घाटन गर्नेछन् ।

पछिल्लो समय समग्र विश्व नै एउटा गाउँको रुपमा परिवर्तन भइरहेको सन्दर्भमा नेपाली विद्यार्थी पनि विश्वका करिब ८० मुलुकमा अध्ययनमा जाने गरेका छन् । ति मुलुकहरुमध्ये अष्ट्रेलिया उत्कृष्ट गन्तव्यको रुपमा विकास भइरहेको छ । यसैलाई मध्यनजर गर्दै नायरले पहिलो पटक फेयर गर्न लागेको हो ।

फेयरको टाइटल स्पोन्सर बि्रटिस काउन्सिल रहेको छ भने मेन स्पोन्सर युनि क्याम्पस हो । यस्तै सह-प्रायोजकको रुपमा डल्फिन एजुकेशन कन्सल्टेन्सी, एजुकेशन फस्र्ट, प्रोफेसनल एजुकेशन कन्सल्टेन्सी, ग्लोबल रिच, ल्याण्डमार्क एजुकेशन, मोटिफ, नेपलिज इन्काउन्टर्स, प्याक एसिया रहेका छन् ।

वान अप इभेन्ट्स एण्ड मिडिया सोलुसनको व्यवस्थापनमा सम्पन्न हुने मेलाको सपोटेड बाइमा नेपाल अष्ट्रेलिया चेम्बर अफ कमर्श रहेको छ । मेलामा तीस वटा स्टलहरु रहनेछन् भने ति स्टलमा अष्ट्रेलियामा पढ्न जाने विद्यार्थीलाई परामर्श दिँदै आएका उत्कृष्ट कन्सल्टेन्सीका साथमा अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरुको समेत सहभागिता रहने छ ।

नायरको आयोजनामा पहिलोपटक सम्पन्न हुन लागेको मेलामा अष्ट्रेलिया अध्ययनसँग सम्बन्धित विषयवस्तुहरुको बारेमा विद्यार्थीलाई सम्पूर्ण जानकारी दिने उद्देश्य लिइएको छ । विशेषगरी अष्ट्रेलियन शिक्षा नीति, भिसा प्रक्रिया, छात्रवृत्ति, विद्यार्थीको स्वास्थ्य बिमा लगायतका विषयमा विद्यार्थीलाई निःशुल्क परामर्श दिइनेछ । यस मेलामा सहभागि विद्यार्थीलाई विशेष सेवाको रुपमा “पि|m प्रोसेसिङ” को सेवा प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?