Comments Add Comment

आखिर अजयलाई किन आवश्यक पर्यो चुम्बन ?

ajaya devagan kiss
बलिउडमा नायक अजय देवगण एक्सन हिरोको रुपमा चिनिन्छन् । अजयका एक्सन अवतारहरु दर्शकले रुचाएका पनि छन् । तर, अब उनै अजय रोमान्टिक तरिकाले पर्दामा देखिए भने दर्शकले कसरी लेलान् ?

अक्टोबर २८ मा रिलिज हुन लागेको अजय देवगण निर्मित तथा निर्देशित चलचित्र ‘शिवाय’मा उनी एक्सनसँगै रोमान्टिक लुकमा पनि नजर आउने भएका छन् । यो चलचित्रको एक गीत हालैमात्र सार्वजनिक गरिएको छ जुन गीतमा अजयले नायिकासँग चुम्बन गरेका छन् ।

अजयको लीप लक र वेडसिनका कारण गीतले चर्चा पाइसकेको छ । पर्दामा पहिलो पटक यस्तो अवतारमा देखिएका अजयले नायिका एरिकासँग यस्तो दृश्य दिएका हुन् । यो चलचित्रको प्रमोशनमा नायिका तथा अजय पत्नी काजोल पनि अगाडि आएकी छिन् । तर, काजोलले यो गीत र दृश्यको बिषयमा कुनै प्रतिक्रिया जनाएकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment