९ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको महाधिवेशन आयोजक समितिको सदस्य संख्या धेरै भएको भन्दै घटाउन लागेको छ ।
हिजोबाट सुरु केन्द्रीय कार्यालयको बैठकमा भनाइ राख्ने नेताहरुको क्रम नसकिएकाले बैठक आज प्रचण्ड निवास लाजिम्पाटमा बस्दैछ ।
पार्टी प्रवक्ता पम्फा भुसालका अनुसार शनिबार २८ जना सचिवालय सदस्यले आफ्नो धारणा राखेका छन् । उनीहरुले आयोजक समितिसँग पोलिटव्युरो, सचिवालय लगायको संख्या व्यवस्गित गर्नुपर्ने बताएका थिए । यसअघि माओवादी केन्द्रले पटक पटक गरी २५ सय सदस्यको आयोजक समिति बनाएको थियो ।
प्रवक्ता भूषालले आइतबार बस्ने बैठकले संगठनलाई व्यवस्थित गर्ने विषयमा टुंगो लगाउने जानकारी दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4