Comments Add Comment

तपसीको करिअरमा ‘पींक’ बन्यो यादगर फिल्म

tapasi pannu hot
चलचित्र ‘चश्मे बद्दुर’ बाट बलिउडमा डेब्यू गरेकी नायिका तपसी पन्नु ‘वेवी’को सफलताले यसै खुशी थिइन् । झन्, उनलाई चलचित्र ‘पींक’को सफलताले रातारात स्टार बनाइदिएको छ । तपसी चलचित्रको सफलताले दंग छिन् ।

उनले भनिन्-‘मलाई चलचित्रको प्रदर्शनपछि निकै राम्रा प्रतिक्रिया आइरहेका छन् । पहिलो पटक नायक अमिताभ बच्चनसँग काम गर्न पाउनु नै मेरा लागि सौभाग्यको कुरा थियो ।’

बक्स अफिसमा धमकेदार व्यापार गरिरहेको यो चलचित्रमा तपसी मुख्य भूमिकामा छिन् । यो चलचित्रमा उनले ४ जना यूवासँग फाइट गरेकी छिन् ।

महिला सशक्तिकरणको बिषयमा तयार पारिएको यो चलचित्रले एक सातामा ३६ करोडको व्यापार गरेको थियो भने दोश्रो सातामा पनि आक्रामक व्यापार गरिरहेको छ । तपसीले आफ्नो करिअरका लागि ‘पींक’ यादगर चलचित्र बनेको बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment