+
+
Shares

संगीतकार योञ्जनको उपचारका लागि युएईका झापालीहरुको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ९ गते ११:१५

UAE-jhapali-samaj

दार्जलिङबाट ३५ वर्षअघि नेपाल आएर नेपाली संगीतको क्षेत्रमा क्रियाशील संगीतकार तथा संगीत प्रशिक्षक फुर्वा योञ्जनको उपचारका लागि युएईमा रहेका झापालीहरुले आर्थिक सहयोग गरेका छन् ।

झापाली समाज रास अल खेमा क्षेत्रीय समितिका पदाधिकारीहरु तथा राख अल खेमाका अन्य सहयोगी व्यक्तित्वहरुले पनि यस अभियानमा सहयोग गरेको झापाली समाज, रास अल खेमा क्षेत्रीय समितिका अध्यक्ष खगेन्द्र बुढाथोकीले जानकारी दिएका छन् ।

गरामनीको दुर्गा उच्च मावि वाल्मीकी स्कुल लगायत झापाका चर्चित विद्यालयहरुमा संगीत प्रशिक्षकका रुपमा कार्यरत योञ्जन मधुमेह तथा मृगौला रोगबाट पीडित भइ हाल बिर्तासिटी हस्पिटलमा उचाररत छन् ।

उनका सहकर्मी तथा साहित्यकार खिलप्रसाद शिवाकोटी लगायतका व्यक्तित्वहरु उनको उपचारमा सहयोग जुटाउन क्रियाशील छन् । संगीतकार योञ्जनबाट दीक्षित हजारौं विद्यार्थीहरुमध्ये केही विद्यार्थीहरु सहयोग संकलन अभियानमा जुटेका हुन् ।

यसै सिलसिलामा योञ्जनकै भुतपूर्व विद्यार्थी रमेश विश्वनाथ बरालले झापाली समाज युएईका केन्द्रीय सदस्य रोशन दाहाललाई सहयोगको अपिल गरेपछि युएईबाट १४ हजार ५० रुपैयाँ आर्थिक सहयोग संकलन गरिएको हो । उक्त रकम समाजका प्रवक्ता रामप्रसाद ढुंगेलले योञ्जनकी छोरी रिन्साङ सुब्बालाई २४ सेप्टेम्बर शनिबारका दिन अस्पताकै शैयामा हस्तान्तरण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?