+
+
Shares

पूर्वगृहमन्त्री घिमिरेको अवस्था अझै अज्ञात, खोजीकार्य जारी

सुवास पण्डित सुवास पण्डित
२०७३ असोज १० गते ७:२५

Madhav-Ghimire-Car-Accident१० असोज, चितवन । त्रिशुली नदीमा जिप खसेर वेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित उनका भाइहरुको खोजीकार्य जारी राखिएको छ ।

मुग्लिनबाट काठमाडौं जाँदै गरेको बा ९ च १५३१ नम्बरको स्कार्पियो कार आइतबार साँझ पाँच बजेतिर घोप्टेभिर भन्ने स्थानबाट करिब तीन सय मिटर तल त्रिशुली नदीमा खसेको थियो ।

जीप पूर्ण रुपमा नदीमा डुबेको कारण खोजी कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ । आइतबार राति १ बजेसम्म दुर्घटना भएको स्थलमा गाडीको र हराएकाहरूको खोजी गरिएको थियो ।

म्याग्नेटको समेत प्रयोग गरी जीप खोजीएको भएपनि फेला नपरेको चितवनका प्रहरी प्रमुख बसन्त कुँवरले बताए ।

प्रहरीले २ टोली बनाएर मुग्लिन तर्फबाट खोज्न थालेको छ । नदीमा पानीको बहाव उच्च भएका कारण दुर्घटना स्थलभन्दा तलबाट खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा घिमिरेकी आमा ८० वर्षीया चैत्यकुमारी घिमिरे, अंगरक्षक रामचन्द्र कार्की र आफन्त नारायणप्रसाद काफ्लेको शव भेटिएको विपत ब्यवस्थापन तालिम केन्द्र कुरीनटारका प्रवक्ता एसपी गणेशबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार गाडी चालक बिष्णु राईको भने जीवितै उद्धार गरिएको छ ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?