Comments Add Comment

मर्चेन्ट बैंकर संघमा पुरानै नेतृत्वको निरन्तरता

Ncm

१० भदौ, काठमाडौं । नेपाल मर्चेन्ट बैंकर संघको ७औं वाषिर्क साधारणसभाले आगामी दुई वर्षे कार्यकालका लागि पुरानै नेतृत्वलाई निरन्तरता दिएको छ ।

साधारणसभाले नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीको अध्यक्षतामा रहेको यसअघिको कार्यसमिलिाई सर्वसहमतिले आगामी कार्यकालका लागि पनि निरन्तरता दिएको हो ।

त्यसैगरी, उपाध्यक्षमा नागरिक लगानी कोषका उप-व्यवस्थापक रोशनजङ्ग कार्की, महासचिवमा एनआईबिएल क्यापिटल मार्केट्सका महाप्रबन्धक मेख बहादुर थापा, कोषध्यक्षमा एनसिएम मर्चेन्ट बैंकिङका प्रबन्धक निर्देशक विजय लाल श्रेष्ठ, निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यहरुमा एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरे, ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारस मणि ढकाल र नेशनल मर्चेन्ट बैंकरका प्रबन्धक निर्देशक नबिन बास्कोटा निर्वाचित भएका छन् ।

आगामी दिनमा नियामक निकायलगायत अन्य सम्बन्धित सबैसँग समन्वय गरी मर्चेन्ट बैंकिङ क्षेत्र विस्तार गरी सम्पूर्ण ग्राहक बर्गलाई गुणस्तरिय सेवाको निरन्तरता दिने प्रतिबद्धताका साथ यस संस्थालाई थप ससक्त ढङ्गले अगाडि बढाउने नवनिर्वाचित अध्यक्ष पराजुलीले बताए ।

मर्चेन्ट बैंकरहरुको हकहित संरक्षण गर्दै आपसी कार्यगत एकता कायम गरी धितोपत्रसँग सम्बन्धित समस्याहरुको पहिचान तथा समाधान गरी समग्र पूँजी बजारको विकाश गरी राष्ट्रको विकास निर्माणमा सहयोग पुर्‍याउन नेपाल मर्चेन्ट बैंकर्स संघ स्थापना भएको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment