Comments Add Comment

दशैंमा रेमिट्यान्स पठाउँदा स्कुटरदेखि काठमाडौंमा घडेरीसम्म !

remit
११ असोज, काठमाडौं । दशैं-तिहार र छठजस्ता चाडलाई लक्षित गरी रेमिट्यान्स सेवा प्रदायक कम्पनीहरुले उपहारको वर्षा ल्याएका छन् । असोजको सुरुदेखि छठसम्म रेमिट्यान्स पठाउनेहरुले रेमिट्यान्स कम्पनीले घोषणा गरेका उपहारहरु पाउँछन् ।

विदेशवाट नेपालमा पैसा पठाउँदा प्राप्त हुने संकेत नम्वरलाई ‘लक्की ड्र’ मा समावेश गर्ने र भाग्यशाली विजेता ग्राहकहरु छानिने कम्पनीहरुले छन् । भाग्यसाली विजेताले स्कुटरदेखि काठमाडौंमा ४ आना घडेरी उपहारमा पाउने छन् । त्यसबाहेक पनि हात खाली नजाने उपहारहरु छन् ।

वैधानिक च्यायनलबाट रेमिट्यान्स पठाउन प्रोत्साहन गर्ने उद्देश्यले उपहारहरु घोषणा गरिएको इन्टरनेशनल मनी एकसप्रेस -आइइमइ) का प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल बताउँछन् । त्यसैगरी, रेमिट्यान्स कम्पनीहरुबीचको प्रतिस्पर्धाले पनि रेमिट्यान्स पठाउने र पाउनेलाई उपहार योजना सञ्चालन गरिएको पोखरेलको भनाई छ ।

देशभर चार दर्जन रेमिट्यान्स कम्पनीहरु सञ्चालन भएपनि केही कम्पनीले मात्रै आकर्षक उपहारको घोषणा गरेका हुन् ।

कुन कम्पनीले के उपहार दिन्छन् ?

आइएमइ

ime-dashain
आइएमईले ‘आइएमई, हात हुँदैन खाली’ भन्ने ग्राहक योजना सञ्चालनमा ल्याएको छ । असोज १ गतेदेखि सञ्चालनमा ल्याएको यो योजना असोज ३० सम्म सञ्चालन हुनेछ ।

यो योजनामा विदेशबाट आइएमईमार्फत नेपाल पठाएको पैसा बुझ्नेले आइएमई ब्रान्डेड टि -सर्ट, क्याप, टर्च, सपिङ्ग झोला, पेन, स्टेशनरी सेट लगायत उपहार पाउने कम्पनीले जनाएको छ । निश्चित उपहारका अतिरिक्त दैनिक लक्की ड्रमा विजयी हुने १० जनालाई जनही २ वटाका दरले ३ सय चन्द्रागिरी केबलकारको टिकट उपलब्ध गराइनेछ ।

साप्ताहिक लक्की ड्रमा विजयी हुनेलाई प्रत्येक हप्ता १ जनाको दरले ४ थान यूएम स्कुटर उपहार स्वरूप प्रदान गर्नेछ । लक्की ड्रको नतिजा कम्पनीको आधिकारिक वेभसाईट, सामाजिक सन्जाल, एवं विभिन्न संचारका माध्यममार्फत् सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

प्रभु मनि ट्रान्सफर

prabhu-dashain
प्रभुले कात्तिक २० गतेसम्म लागू हुने ‘प्रभु लक्की सेभेन’ नामक ग्राहक लक्षित योजना सञ्चालन गरिरहेको छ । यो योजनामा सहभागीहरुले यामाहाको मोटरसाइकल, स्कुटी, टिभी, मोवाइल लगााएत सयौंको संख्यामा रिचार्ज कार्डहरु रहेका छन् । बम्परमा यामाहाको स्यालुटो बाइक र रे-जेड स्कुटर एक-एक वटा छन् ।

हरेक हप्ता एक-एक जनालाई एलइडी टिभी, मोबाइल फोन र डिस होम प्रदान गरिनेछ । हरेक दिन सात जनालाई २ सय रुपैयाँको रिचार्ज पनि दिइनेछ ।

हरेक साता विजेता ग्राहकहरुको नाम कम्पनीको वेवसाईट वा अनलाइन न्यूज पोर्टलमार्फत सार्वजनिक गरिने छ । तोकिएको उपहार नेपालमा पैसा बुझ्ने आफन्तजनलाई प्रदान गरिने प्रभुले जनाएको छ ।

सिटी एक्सप्रेस

City_Ghaderiसिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी बजाउनुहोस्, काठमाडौँमा घडेरी पाउनुहोस्’ नामक उपहार योजना सञ्चालनमा ल्याएको छ । जसअनुसार सिटी एक्सप्रेसमार्फत् असोज १० देखि पुस ९ गतेसम्म कारोबार गर्ने ग्राहकहरूमध्ये १ जना भाग्यशाली ग्राहकले काठमाडौँ उपत्यकाभित्र नै ४ आना जग्गा प्राप्त छन् ।

त्यसैगरी, हरेक हप्ता १ जना भाग्यशाली विजेताले ३२ इन्च एलइडी टेलिभिजन पनि प्राप्त गर्नेछन् । १२ हप्तासम्म सञ्चालन गरिने यो योजनाबाट १२ जना भाग्यशाली विजेता घोषणा गरिनेछ ।

घडेरी तथा जग्गा सपना तथा भविष्यसँग पनि भावनात्मक रूपमा जोडिएको हुनाले ग्राहकहरूको सपनाको कदर गर्दै जग्गा नै दिन लागिएको कम्पनीका प्रवन्ध निर्देशक चन्द्र टण्डनले बताए ।

मनी ग्राम

मनीग्रामले हरेक हप्ता उपहार दिने योजना सञ्चालनमा ल्याएको छ । यो योजना अन्तर्गत भाग्यसाली विजेताले लक्की ड्र मार्फत् १० मोटर बाइक, १० रेपि|mजेरेटर र १० स्मार्ट फोन जित्न सक्नेछन् ।

भदौ २५ गतेदेखि असोज २४ गतेसम्म मनीग्रामबाट पैसा पठाउने र प्राप्त गर्नेले कम्पनीले घोषणा गरेको उपहार पाउने छन् ।

वेस्टर्न युनियन

वेस्टर्न युनियनले दुई वर्षदेखि चाडबाडलाई लक्षित गरेर उपहार योजना सञ्चालन गरेको छैन । भूकम्पपछि कम्पनीले ब्राण्डिङमा गर्ने खर्च कटौती गरेको कम्पनीका व्यवस्थापक कविन्द्र श्रेष्ठले जानकारी दिए ।

तर, अक्टोबर १ देखि नोभेम्बर एक अर्थात चाडबाड भरका लागि कम्पनीले मलेसियमा भने उपहार योजान सञ्चालन गर्ने भएको छ । श्रेष्ठका अनुसार २ सय रिङगेटभन्दा बढी रेमिट्यान्स पठाउने ग्राहकलाई टिसर्ट प्रदान गरिनेछ । तर, नेपालमा रेमिट्यान्स प्राप्त गर्नेलाई भने कम्पनीले कुनैपनि उपहार योजना सञ्चालनमा ल्याएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment