+
+
Shares

पिकेले जिताए बार्सिलोनालाई

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज १३ गते ९:२५

Pique१३ असोज, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्याटलान बार्सिलोनाले लगातार दोस्रो जित हात पारेको छ ।

अर्जेन्टिनी स्टार लिओनल मेस्सीको अनुपस्थित रहेको बार्सिलोनाको टोलीले जर्मन क्लब बोरुसिया मोनचाङ्लेबाखलाई २-१ गोल अन्तरले हराएको छ ।

जर्मनीमा भएको खेलमा बार्सिलोनाले पहिलो हाफमा गोल खाएको थियो । ३४ औं मिनेटमा हजार्डले गोल गर्दै बोरुसिया मोनचाङ्लेबाखलाई सुरुवाति अग्रता दिलाए ।

तर, दोस्रो हाफमा बार्सिलोना खेलमा फर्कियो । ६५ औं मिनेटमा टुरानले बराबरी गोल गरे । ७४ औं मिनेटमा पिकेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । खेलमा थप गोल हुन सकेन र बार्सिलोना विजयी भयो ।

जितपछि बार्सिलोना ६ अंकका साथ समूह सीको शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीको ४ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?