+
+

सरकारको निर्देशनपछि आयोगको काम ठप्प

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज १६ गते ७:०२

१६ असोज, काठमाडौं । सरकारले स्थानीय तह पुनर्संरचना आयोगलाई नयाँ टीओआर दिएपछि कसरी काम गर्ने भन्ने विषमा आयोगनै अन्योलमा परेको छ ।

balananda-paudelसरकारले जिल्लाको इलाकालाई मुख्या आधार मानी स्थानीय तह निर्माण गर्नुपर्ने उल्लेख गरी आयोगलाई नयाँ टीओआर दिएपछि आयोग अन्यालमा पर्न गई काम नै ठप्प बनेको हो ।

आयोगका अध्यक्ष बालानन्द शर्मा पौडेलले अव सरकारसँग बसेर स्पस्ट भएपछि मात्रै काम अगाडि बढाइने बताएको आजको राजधानी दैनिकमा समाचार छ ।

अहिले नयाँ विषय आएको छ, इलाकालाई आधार मान्ने भनिएको छतर इलाकाको तथ्यांकनै अभाव रहेछ’ पौडेलले भने,’अब एकचोटी सरकारसँग बसेपछि मात्रै हामी प्रस्ट धारणा बनाएर अघि बढ्छौं ।’

सरकारले गत ११ असोजमा इलाकालाई मुख्या आधार बनाएर गाउँपािलका , नगरपालिका विशेष संरक्षित र स्वायत्त क्षेत्रको संख्या र सीमा निर्धारण गर्नुपर्ने गरुी आयोगको टीओआर परिमार्जन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?