+
+

विहारमा मदिरामाथि फेरि प्रतिवन्ध लाग्यो

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज १६ गते ११:५४

wine१६ असोज, काठमाडौं । भारतको विहारमा मदिरामाथि फेरि प्रतिवन्ध लागेको छ । पटना हाइकोर्टको आदेशपछि गत शुक्रबार विहान सरकारले लगाएको प्रतिवन्ध हटेको थियो ।

तर, दुई दिनपछि नयाँ कानुनको सहारामा विहार सरकारले २ अक्टोबरबाट फेरि प्रतिवन्ध लगाएको छ । विहान विधानमण्डलको मनसुनसत्रले राज्य सरकारले मदिरासम्वधी यो नयाँ विधेयक (विहार मद्यविषेध र उत्पाद विधेयक २०१६) पारित गरेको थियो ।

राज्यपालको मन्जुरीपछि सात सेप्टेम्बरमा विहार क्याबिनेटले यो नयाँ कानुन दुई अक्टोबरमा लागू गर्ने निर्णय गरेको थियो ।

तर, हाइकोर्टको फैसलापछि मानिसहरु अन्यौलमा परेका थिए । यसबारे प्रष्ट पार्दै विहारका मुख्यमन्त्री नितीशकुमारे आइतबारबाट नयाँ कानुन लागू हुने भन्दै मानिसहरुलाई भ्रममा नपर्न आग्रह गरेका थिए ।

नितीश सरकारले अप्रिलमा मदिरामा पूर्ण रोक लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?