१६ असोज, काठमाडौं । रोजगारीदेखि अध्ययनका लागि काठमाडौं बस्दै आएका धेरैको भाका हुन्छ दशैंमा घर जाने । बडा दशैं लागेपछि गाउँघर फर्कने जति उत्साह हुन्छ, त्यति नै कसरी जाने भन्ने चिन्ताले सताउने गरेको छ ।
दशैंका लागि अग्रिम टिकट बुकिङ नखुलेको पनि होइन । सरकारको पहलमा असोज ७ गतेबाट बुकिङ खुलेको थियो । तर, भोलिपल्टै टिकट पाइन छाडेको छ । अब मुढामा बसेर जाने हो कि उँभिएरै जानु पर्ने हो थाहा छैन ।
यस्तै मनोदशा बोकेका मानिसहरु साँझ विहान बसपार्कदेखि कलंकी चोकसम्म धेरै भेटिन्छन् । पोकापन्तरोदेखि बालबच्चा बोकेर बसेका उनीहरुले कुनै गाडीमा जान पाइन्छ कि भन्ने आशमा हुन्छन् । तर, कहाँ सजिलो छ र !
कोही भने जसोतसो मोटरसाइकलमा नै यात्रा थालेको भेटिन्छन् ।
तस्वीर: कविन अधिकारी/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4