Comments Add Comment

करण जोहरको खुलासा-‘२६ बर्षमा पहिलो पटक शारीरिक सम्बन्ध’

Director Karan Johar. %makebig%

बलिउडमा निर्माता तथा निर्देशक करण जोहर आफ्नो स्पष्ट विचारका कारण चर्चामा रहन्छन् । करण जोहरले एक मिडियालाई दिएको अन्र्तवार्तामा संभवत पहिलो पटक आफ्नो निजी कुरा सार्वजनिक गरेका छन् ।

सेक्सको बिषयमा खुलेरै कुरा गर्दै ‘कुछ कुछ होता हे’ डेब्यू निर्देशकले पहिलो पटक शारीरिक सम्बन्ध २६ बर्षमा राखेको बताए । न्यूयोर्कमा चलचित्र ‘कुछ कुछ होता हे’को रिलिजपछि पुग्दा आफूले पहिलो पटक यौन सम्बन्ध राखेको उनको भनाई छ ।

उनले आफूले पहिलो पटक न्यूयोर्कको होटलमा सम्बन्ध राख्दा के गर्दैछु भन्ने थाहा नपाएको बताए । करणले सेक्स सम्बन्ध राखेपछि आफूलाई सपिङ गर्न मन लाग्ने पनि खुलाएका छन् ।

उनले सेक्स सम्बन्ध राखेपछि आफूलाई नयाँ कपडा किन्न मन लागेको बताए । करणले आफूलाई मानिसहरुसँग शारीरिक सम्बन्ध राख्न भन्दा पनि यो शब्दलाई उच्चारण गरेर जिस्कन धेरै मन लाग्ने बताएका छन् । तिहारमा रिलिज हुन लागेको चलचित्र ‘ए दिल हे मुश्किल’को प्रचारमा अहिले करण व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment