+

ताप्लेजुङमा सर्वाधिक पुरस्कार राशिको राष्ट्रिय भलिबल प्रतियोगिता

२०७३ असोज  १७ गते ९:४५ २०७३ असोज १७ गते ९:४५
ताप्लेजुङमा सर्वाधिक पुरस्कार राशिको राष्ट्रिय भलिबल प्रतियोगिता

१७ असोज, ताप्लेजुङ । ताप्लेजुङमा मंसिर अन्तिम सातादेखि सर्वाधिक पुरस्कार राशिको दोस्रो पाथिभरा राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता हुने भएको छ ।

volleyballताप्लेजुङ जिल्ला भलिवल संघको आयोजनामा मंसिर २८ गतेदेखि पुस २ गतेसम्म सदरमुकाममा हुने सो भलिवल प्रतियोगितामा पाँच क्षेत्रिय टीम र तीन विभागिय टीम गरी आठ टीमको सहभागिता रहने ताप्लेजुङ जिल्ला भलिवल संघका उपाध्यक्ष विमल भण्डारीले बताए ।

ताप्लेजुङको पाथिभरा मन्दिरसहित पर्यटकीय क्षेत्रको प्रवद्धन गर्ने उद्धेश्यले आयोजना गर्न लागिएको सो भलिवल प्रतियोगिताको विजेताले नगद ३ लाख ३० हजार उप विजेताले १ लाख ६५ हजार पाउने आयोजकले जनाएका छन् । यस वर्ष सान्तवना स्वरुप एक टिमलाई ३५ हजार नगद समेत राखिएको छ ।

भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय