+
+
Shares

नयाँ नोटका लागि रातिदेखि नै लाइनमा !

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज १७ गते १३:५२

New Notes Line

१७ असोज, काठमाडौं । विहान झिसमिसे नै थियो । तर, थापाथलीमा मानिसहरु लाइनमा बसिसकेका थिए । दशैंको बेला मानिसहरु किन लाइन बसेको होला भन्ने जिज्ञासा देख्नेहरुलाई हुने नै भयो ।

लाइन राष्ट्र बैंकको मुल गेटमा रोकिएकाले थाहा भयो कि यो त नयाँ नोट लिने लाइन पो रहेछ । बिहान ८ नबज्दै यो लाइन निकै लामो भइसकेको थियो । र, प्रसुती गृह नजिक पुगिसकेको थियो । लाइनमा बसेकाहरु भन्दै थिए, ‘राति ४ बजेबाट नै लाइन बसेको ।’

दक्षिण कोरियामा रोजगारीमा जान भाषा परीक्षाको फर्म भर्न रातभर लाइन बसेको त देखिएको थियो । तर, नयाँ नोट साट्न राति नै लाइनमा बसेको पनि देख्न पाइयो ।

राष्ट्र बैंकले सर्वसाधारणका लागि आइतबारबाट नयाँ नोट सटहीको सुविधा दिएको छ ।

नयाँ नोट साट्नेहरुको लाइन हेर्नुहोस् 

New Notes Line (2)

New Notes Line (1)

New Notes Line (3)

New Note Exchange Line

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?