Comments Add Comment

अलग भएपछि अरवाज-मलाइकाको आरोप-प्रत्यारोप

arbaj and malaika arora khan
बलिउडका चर्चित जोडी अरवाज खान र मलाइका अरोरा खान अलग भैसकेका छन् । अरवाजले मिडियामा आफूहरु अलग भैसकेको बताएका छन् । तर, अलग भए लगतै अरवाज र मलाइकाले सामाजिक संजाल इन्स्ट्राग्राममा एक अर्काप्रति आक्रोश पोखेका छन् ।

एक अर्काको नाम नलिई उनीहरुले आरोप-प्रत्यारोप गरेका छन् । अरवाजले लेखेका छन्-‘मलाई थाहा छैन कि म कती शक्तिशाली छु । मैले एक यस्तो मानिसलाई माफी दिएको छु, जसलाई आफ्नो गल्तीमा कुनै पछुतो छैन । यतिसम्म कि, उसले अहिलेसम्म आफ्नो गल्तीमा माफी मागेकी छैनन् ।’

मलाइकाले पनि अरवाजको पोष्टको एक घन्टापछि लेखेकी छिन्-‘ यदि तपाइले कसैलाई पटक-पटक माफी दिनुहुन्छ भने तपाइप्रति उसले कम इज्जत गर्न थाल्छ । उसले तपाइले बनाउनु भएको स्थानलाई मत्तलव गर्न छाड्छ । किनकी, उसलाई थाहा छ कि तपाइले उसलाई फेरि एक मौका दिनुहुन्छ । उसलाई तपाइलाई गुमाउने कुराको डर लाग्दैन वरु यसले उसलाई खासै फरक पर्दैन ।’

मलाइका र अरवाजको यो पोष्टमा दुबैको नाम उल्लेख नभएपनि यसले प्रष्ट पार्छ कि, अलग भएपछि यी दुइले वास्तविकता बोलिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment