Comments Add Comment

यस्तो छ मानसरोवर जाने हिल्सा नाका (८ तस्वीर)

Humla_Hilsa and china border herdai (8)

नेपाल र चीनलाई जोड्ने एक महत्वपूर्ण नाका हो- हिल्सा । हुम्ला जिल्लामा पर्ने यो नाका आर्थिक हिसाबले कमजोर भए पनि पर्यटकीय हिसाबले मनोरम र प्रख्यात ।

हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मानसरोबार जाने प्रमुख मार्गमध्ये एक मानिन्छ हिल्सा नाका ।

भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि हुम्लाको हिल्सा भएर मानसरोबर जाने भक्तजन केही बढेका छन् । गत वर्ष १३ सय भक्तजन मात्रै मानसरोबर दर्शनका लागि हिल्सा नाकामा पुगेका थिए । यो वर्ष १० हजार भक्तजन पुगिसकेका छन् । यसकारण पनि यो वर्ष हिल्सा नाका धेरै चर्चित भएको छ ।

Humla_Hilsa local raksi banudai (4)

हिल्सा नाकाको नेपाली क्षेत्र निकै दयनीय अवस्थामा छ । तर, चीनतर्फको नाका व्यवस्थित र सुविधा सम्पन्न छ । हिल्सामा रहेको नेपाली भूभागमा बनेका घर तथा होटलहरु खासै व्यवस्थित हुन सकेका छैनन् ।

विगतका वर्षमा मानसरोवर जाने पर्यटकहरु त्यति धेरै नभएका कारणले पनि यस्तो हुन गएको बताउँछन् स्थानीयहरु । तर, यो वर्ष पर्यटकहरु बढेपछि व्यवसायीहरु निकै आशावादी भएका छन् ।

Humla_Hilsa chin ma nirmi bhansar karyana and hydor power (9)

चीनतर्फको क्षेत्रमा भन्सार कार्यालय भव्य बन्नुका साथै हाइड्रोपावरसमेत बनिसकेको । उताको बाटो पूर्णरुपमा पीच भइसकेको छ । तर, नेपालमा रहेको भन्सार कार्यालय भाडाको कोठामा सञ्चालन भइरहेको छ ।

यो वर्ष दुई लाख रुपैयाँ भन्सार उठाउने लक्ष्य लिएकोमा ३ लाख राजस्व संकलन गरेको बताउँछन् भन्सार कार्यालयका नायव सुब्बा चन्द्र शाही । अहिलेको अवस्था अनुसार नै आगामी वर्ष पनि भक्तजनहरु आउने गरेमा यो नाका अझै व्यवस्थित बन्ने बताउँछन् शाही ।

Humla_Hilsa belibridge bnanaudai (6)

नेपाल र चीनलाई जोड्ने कर्णाली नदीमा बेलीब्रिज पुल निमार्णधीन रहेको छ । यो पुल बनेपश्चात भन्सार कार्यालय पनि व्यवस्थित हुने बताउँछन् । यो पुल बनेपश्चात नेपाल र चीनमा ब्यापार गर्न सहज हुने तर्क गर्छन् हुम्लाका व्यवसायी रेञ्जिन लामा । उनी भन्छन् पुल बनाउन भनेको आधा दशक भइसक्यो अब चाँडै तयार होला ।

यो स्थानमा पुल बनेपछि बझाङ, बाजुरा र हुम्ला जिल्लाका बासिन्दाहरुलाई ब्यापार गर्न निकै फाइदा पुग्नुका साथै राजस्व संकलन पनि हुने गर्दछन् ।

Humla_Hilsa chin ko naka (5)

उत्तरी हिमाली क्षेत्रका बासिन्दाहरुको व्यापारिक केन्द्र हो ताक्लाकोट । हिल्सा नाकादेखि ३० किलोमिटर मात्र टाढा रहेको छ ताक्लाकोट ।

Humla_Hilsa vayar bagadai karnalai river (7)

Humla_Hilsa ma heli kurdai paryatak (3)

Humla_Hilsa heli ma hilsa jada dekhyakio rock(2)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment